Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

‘गोठगाउँमा चुनाव जितेका जनप्रतिनिधिले मनलाग्दी गरे, बृद्धहरुसँग पैसा उठाउन थाले’– सचिव खड्का

संवादाताः हाम्रो प्रहार
कार्तिक १९, २०७८

रामेछाप– नेपाली काँग्रेस रामेछापका सचिव दीपक खड्काले गोठगाउँका निर्वाचित जनप्रतिनिधिले बृद्धभत्ता प्रयोजनको लागि खाता खोल्दा बृद्धहरुसँग पैसा उठाउने गरेको आरोप लगाएका छन् । नेपाल तरुण दल रामेछाप नगरपालिका वडा नं १ समिति गोठगाउँद्वारा आयोजित भलिबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सचिव खड्काले गोठगाउँमा निर्वाचित जनप्रतिनिधिले नागरिकहरुलाई झुक्याउँदै बृद्ध भत्ताको लागि खाता खोल्दा बृद्धहरुसँग समेत दुई सयका दरले पैसा उठाउने गरेको आरोप लगाएका हुन् ।

सचिव खड्काले भने– ‘यहाँ अनबरत रुपमा शाहवंशहरुले राज्य गरे जस्तो एउटै पार्टीले, एउटै पात्राले निरन्तर रुपमा शासन गर्ने चलन चलेको छ । यहाँ अर्को पात्र खोजिएको छैन्, अर्को पार्टी खोजिएको छैन, अर्को कुनै संस्था खोजिएको छैन् । यहाँ चुनाव जित्नेहरुले जे–जे गरे पनि भएको छ । यो गोठगाउँका सबै घरका अधिकासं मानिसहरुलाई म चिन्दछु । उहाँहरुलाई झुक्याउने काम भएको छ । एउटा बृद्धभत्ताको खाता खोल्दा समेत बृद्ध बा–आमाहरुसँग दुई सय रुपैयाँ उठाएर लगिएको छ । बृद्धभत्ताका लागि शिफारिस दिदाँ १ सय ६० रुपैयाँ उठाइएको छ । हरेक योजनामा २० प्रतिशत पैसा अशुल भएको छ । यो कुरा उठाउन जरुरी छ ।’

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सचिव खड्काले काँग्रेसका नेताहरु चुनाव हारेर पनि आफ्नो व्यक्तिगत खर्चमा जनताको दुःखमा सँगै रहेको स्मरण गराउँदै चुनाव जितेका कम्युनिस्ट पार्टीका जनप्रतिनिधिले जनतासँग पैसा उठाएको विषयको विरुद्धमा काँग्रेसले आवाज उठाउनु पर्ने धारणा राखे ।

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) का सभापति निरोज खड्काले प्रतियोगितामा विजयी टिमलाई बधाई दिदैँ प्रतियोगितामा पराजित हुने टिमलाई निराश नभई अगाडि बढ्न अनुरोध गरे । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका सभापति खड्काले अनुशासनमा बस्ने खेलाडीको टिमले जहिले पनि सफलता प्राप्त गरेको उदहारण दिँदै अब राजनीतिमा पनि सफलता प्राप्त गर्ने हो भने राजनीति गर्ने व्यक्तिहरुले पनि अनुशासनलाई पालना गर्नु पर्ने धारणा राखे ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य हिमाल ढुंगेलले नेपालमा राजनीतिक परिवर्तनहरु थुप्रै भएको पएपनि आर्थिक परिवर्तन नभएको बताउँदै अब खेलकुद लगायतका विभिन्न क्षेत्रबाट युवहरु आर्थिक क्रान्तिमा लाग्नु पर्ने धारणा राखे । आर्थिक पविर्तनको लागि अहिलेका युवाहरुले नेपालका सबै राजनीतिक दलहलाई दवाद दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ रामेछापका जिल्ला कोषाध्यक्ष युवराज सुवेदीले ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलाडी’ नारालाई आत्मासात गर्दै गोठगाउँका खेलाडीले एउटा वडामा मात्रै सिमित नभएर जिल्लभरी गोठगाउँमा खेलाडी छन् भन्ने सन्देश जाने गरी अगाडि बढ्नु पर्ने धारणा राखे ।

नेपाल तरुण दल रामेछाप नगरपालिका वडा नं १ इकाई समिति गोठगाउँ अध्यक्ष भुवन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) का सहसचिव कुमार श्रेष्ठ, नेपाली काँग्रेस रामेछाप नगरपालिका वडा नं १ गोठगाउँका इकाई सभापति वीरबहादुर मगर लगायतको सहभागित रहेको थियो ।

गोठपानी बचत प्रथम

नेपाल तरुण दल रामेछाप नगरपालिका वडा नं १ समिति गोठगाउँले आयोजना गरेको भलिबल प्रतियोगितामा गोठपानी बचत तथा ऋण सहकारी संस्था प्रथम भएको छ । त्यस्तै आयोजक नेपाल तरुण दल गोठगाउँ इकाई दोस्रो भएको छ भने प्रतियोगितामा साविकको गोठगाउँ गाविस वडा नं ८ तृतिय भएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २५ हजार, द्धितिय हुने टिमलाई नगद १५ हजार, तृतिय हुने टिमलाई नगद १० हजार र सान्त्वना हुने टिमलाई नगद ५ हजार पुरस्कार वितरण गरिएको आयोजकले बताएको छ ।

विहिबार सम्पन्न भएको भलिबल प्रतियोगिता बुधबार नेपाली काँग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीले उद्घाटन गरेका थिए ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper