Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

स्थानीय तहको निर्वाचनमा सबै वडा र पालिका जिताउने गरी लाग्छु– पार्टी सभापति तामाङ

संवादाताः हाम्रो प्रहार
कार्तिक १६, २०७८

रामेछाप– नेपाली काँग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) ले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडा र पालिका जिताउने गरी लाग्ने बताएका छन् । नेपाली काँग्रेस गोकुलगंगा गाउँपालिकाले रस्नालुमा आयोजना गरेको दिपावली तथा छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै सभापति तामाङले आफू चुनावमा नलडेर भएपनि सबै वडा र पालिका जिताउने गरी लाग्ने बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सभापति तामाङले गएको स्थानीय तहको निर्वाचनमा विभिन्न कारणले पार्टीले पराजय भोग्नु परेको बताउँदै आगामी निर्वाचनमा सबै वडा र पालिका जिताउनको लागि पार्टीका सबै तहका नेताहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

निवर्तमान पार्टी सभापति एवं कार्यक्रमका विशिष्ट अतिथि लवश्री न्यौपानेले नवनिर्वाचित पार्टी सभापति र आफूबीच कुनै बिबाद नरहेको बताउँदै नयाँ कार्यसमितिलाई आफूले सकेको सहयोग गर्ने बताए । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको ध्यान विपक्षीसँग कसरी चुनाव जित्ने भन्नेमा बढी केन्द्रित हुनु पर्ने धारणा राखे । आफू पार्टीको एक सिपाही भएकाले आफू सधैँ पार्टीको काममा लाग्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै उपसभापति लेख बहादुर कार्कीले गएको साँढे चार वर्षमा स्थानीय तहको नेतृत्व गरेको कम्युनिस्ट पार्टीले भ्रष्ट्राचार बाहेक केही नगरेको आरोप लगाए । कम्युनिस्ट सरकारको भ्रष्ट्राचारले आम जनता आजित भइसेको बताउँदै आगामी निर्वाचनमा जनताले नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउने विश्वास व्यक्त गर्दै अब काँग्रेसको नेतृत्वमा विकास अगाडि बढ्ने बताए ।

पार्टी सचिव विदोन कार्कीले नेपाली काँग्रेस पार्टीलाई पहिलो बनाउनको लागि पार्टी सभापतिले सबैलाई समेटेर लैजानु पर्ने बताए । आन्तरिक रुपमा आफ्नो पार्टी बलियो भयो भने मात्र बाह्य पार्टीसँग जुध्न सकिने भएकाले आफ्नो पार्टी एक बनाएर अर्को पार्टीसँग जुध्नको लागि तयार हुनु पर्ने उनको धारणा रहेको छ ।

त्यस्तै अर्का सचिव दिपक खड्काले १४ महाधिवेशनमा विभिन्न समूहबाट निर्वाचित भएर आएको भएपनि पदाधिकारी र सदस्यबीचमा कुनै विवाद नरहेकाले पार्टी एक ढिक्का भएर अगाडि बताए । एमालेबाट चुनाव जितेर मन्त्री भएका शान्तीप्रसाद पौडेलले विकास गर्नुको साटो काँग्रेसलाई गाली गर्ने बाहेक केही काम नगरेको आरोप लगाए । काँग्रेस संसाद आङटावा शेर्पाले पिचको लागि प्रस्ताव गरेर अहिले पिच भइरहेको गोकुलगंगा गाउँपालिकाको सडक समेत कम्यनिस्टहरु आफूहरुले गरेको भन्दै हिड्ने गरेको सचिव खड्काले बताए । लाभको पदमा नपुगेपनि काँग्रेस सभापति कान्छाराम तामाङ र महाधिवेशन प्रतिनिधि भरत चौलागाई लगायतका नेताहरुले आफ्नै व्यक्तिगत खर्चमा सहयोग गरीरहेको बताउँदै सचिव खड्काले काँग्रेस सधैँ विकासको पक्षमा रहेको धारणा राखे ।

नेपाली काँग्रेस गोकुलगंगा गाउँपालिकाका सभापति मणीकुमार लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहसचिव ध्रुव चौलागाई, केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु गंगा अधिकारी, केशब प्रसाद चालीसे, रत्नहरी ढुङ्गेल, जिल्ला कार्यसकिति सिताराम कार्की र कल्पना खड्का कार्की, रामेछाप प्रदेश सभा (क) का सभापती निरोज खड्का, नेपाल तरुण दलका जिल्ला अध्यक्ष काजी बहादुर खड्का (दिनेश) प्रदेश अधिवेशन प्रतिनिधि उज्वलराम घिमिरे, कल्पना खड्का, डम्बर कुमारी भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा गोकुलगंगा गाउँपालिका भित्रका १५० जना भन्दा बढीले विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper