Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

काँग्रेस नेताहरुको एउटै स्वर– ‘हामी एउटै मोर्चामा छौँ, आगामी निर्वाचनमा तीनै तह जित्छौँ’

संवादाताः हाम्रो प्रहार
कार्तिक १६, २०७८

रामेछाप– नेपाली काँग्रेसका नेताहरुले आगामी निर्वाचनमा रामेछापका ८ पालिका, दुई प्रदेश सभा र एक प्रतिनिधिसभामा आफ्ना उम्मेदवारहरुले जित्ने दावी गरेका छन् । नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाले सोमबार आयोजना गरेको दिपवली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा आ–आफ्नो धारणा राख्ने क्रममा नेपाली काँग्रेस रामेछापका नेताहरुले अबको ४ महिना भित्रै हुने स्थानीय तको निर्वाचन र एक वर्ष भित्र हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारले जित्ने दावी गरेका हुन् ।

फोटोः रामचन्द्र वि.क.

नेपाली काँग्रेस रामेछापको १४ औँ जिल्ला अधिवेशन पश्चात पहिलो पटक एउटै मञ्चमा देखिएका पार्टी सभापतिका तीन उम्मेद्वारले पार्टीको आन्तारिक चुनावमा विभिन्न समूह बनाएर चुनाव लडेको भएपनि त्यसपछि आफूहरु सबै एउटै मोर्चामा भएको बताउँदै आगामी निर्वाचनमा पार्टीलाई जिताउन एक भएर लाग्ने प्रतिवद्धता समेत जनाएका छन् । शुभकामना मन्तव्य राख्दै काँग्रेस सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) ले नेपाली काँग्रेसलाई जिताउनको लागि सभापतिका दुई उम्मेद्वार लवश्री न्यौपाने, कृष्ण बहादुर महत, महाधिवेशन प्रतिनिधि रामचन्द्र खड्का सहितको सल्लाहमा मात्रै जिल्ला कार्य समितिले टिकट वितरण लगायतका कामहरु गर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तामाङले स्थानीय तहको निर्वाचन नजिक आइसकेकाले जिल्ला कार्यसमितिको बैठक पश्चात सबै वडा र पालिकामा काँग्रेसबाट चुनाव जित्न सक्ने उम्मेद्वारको नामावली पठाउनको लागि सबै वडालाई अनुरोध पत्र पठाइने जानकारी गराउँदै आफान्त र नजिकका नभइ चुनाव जित्न सक्ने व्यक्तिहरुको नाम पठाउन अनुरोध गरे । पुर्व पार्टी सभापति एवं १४ औँ महाधिवेशनमा काँग्रेस सभापतिमा दोस्रो मत ल्याएर दोस्रो भएका लवश्री न्यौपानेले आफू दोस्रो भएर फेरि चुनाव लड्ने ठाउँ हुँदा–हुँदै पनि पार्टीलाई एक ढिक्का बनाउनको लागि आफूले कान्छारामलाई समर्थन गरेको बताए । कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका न्यौपानेले जिल्लाको ६४ ओटा वडा, ८ पालिका, दुइ प्रदेशसभा र एक प्रतिनिधिसभामा चुनाव जित्नेगरी सबै एक भएर लाग्नु पर्ने धारणा राखे । पुर्व महाधिवेशन प्रतिनिधि एवं १४ औँ महाधिवेशनमा काँग्रेस सभापतिमा तेस्रो मत ल्याएर तेस्रो भएका कृष्ण बहादुर महतले पार्टीको आन्तरिक चुनावको विषयलाई लिएर कसैले पनि त्यतातिर अल्झिन नहुने बताउँदै काँग्रेस जिताउने अभियानमा सबै एउटै मोर्चामा भएको बताए ।

‘पार्टीलाई बलियो बनाउन एक भएर लाग्नु पर्छ’– पार्टी उपसभापति द्वोय

काँग्रेस उपसभापति लेख बहादुर कार्कीले पार्टीलाई बलियो बनाउन पार्टीको आन्तरिक चुनावी कुरालाई सबैले विर्सनु पर्ने बताएका छन् । पार्टीका सबै नेता तथा कार्यकर्ताले १४ औँ जिल्ला अधिवेशनलाई घर भित्र खेलेको तासको रुपमा लिनु पर्ने बताउँदै काँग्रेस एक ढिक्का भएर कम्युनिस्टहरुलाई हराउन लाग्नु पर्ने धारणा राखे । कम्युनिस्टले जितेको ठाउँमा कस्तो विकासको सट्टा आन्तरिक झगडाले जनताले दुःख पाएको उदहारण हेर्न लिखुतामाकोशी गाउँपालिकामा गए पुग्ने बताउँदै उपसभापति कार्कीले त्यस्ता कम्युनिस्टलाई लिखु र तामाकोशीमा बगाउने जिम्मा नेपाली काँग्रेस र आम जनताको हातमा रहेको बताए । त्यस्तै अर्का उपसभापति नवराज थोकरले कम्युनिस्ट पार्टीको काम नै जनतालाई झुट सपना बाढेर सत्ता लिने भएको बताए । उपसभापति थोकरले कम्युनिस्ट पार्टीको अभियान नै भ्रष्ट्राचार गर्ने रहेकाले अब त्यस्ता भ्रष्ट्र कम्युनिस्ट हराउन नेपाली काँग्रेस एक भएर अगाडि बढ्नु पर्ने धारणा राखे ।

‘पार्टीमा योगदान गर्नेहरुलाई न्याय हुने गरी काम गर्छौ’– सचिव द्वोय

नेपाली काँग्रेसका सचिव विनोद कार्कीले १४ औँ अधिवेशनबाट निर्वाचित सबै पदाधिकारी र काँग्रेसका नेताहरुको विचार विमर्शपछि पार्टीको एउटा साझा धारणा बनाएर आम जनताको माझ पु¥याउने बताए । १४ औँ अधिवेशनबाट निर्वाचितले दम्भ र घमण्ड गर्न नहुने र पराजित भएकाले पनि निराश र कुण्ठा साच्न नहुने भन्दै सचिव कार्कीले दुवै पक्षले एकअर्का बीचको समन्वयलाई अगाडि बढाउनु पर्नेमा जोड दिए । त्यस्तै अर्का सचिव दिपक खड्काले नयाँ निर्वाचित जिल्ला कार्यसमितिले पार्टीमा योगदान गरेका सबैलाई न्याय हुने गरी काम गर्ने बताए । सचिव खड्काले स्थानीय तहको निर्वाचन नजिक आइसकेकाले काँग्रेसले टिकट वितरण गर्दा एक दिनका लागि काँग्रेस बन्नेलाई नभइ पाँच वर्षका लागि काँग्रेस हुँ भनेर काम गर्ने व्यक्तिको पहिचान गरेर टिकट वितरण गरिने बताए । नेपाली काँग्रेसलाई ढिपीको पार्टी नभइ वीपीको पार्टी बनाउन सिंगो जिल्ला कार्यसमिति लाग्ने धारणा राखे ।

फोटोः रामचन्द्र वि.क.

नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाको अध्यक्ष भोजराज खड्का (सुन्दर) को अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रामेछापका जिल्ला सहसचिव कमल योञ्जन, महाधिवेशन प्रतिनिधि केशव चालिसे, महिला संघकी सभापति एवं महाधिवेशन प्रतिनिधि गंगा अधिकारी, महाधिवेशन प्रतिनिधि रत्नहरि ढुंगेल, रामेछाप प्रदेश सभा (क) का सभापति निरोज खड्का, प्रदेश अधिवेशन प्रतिनिधि कल्पना खड्का, तरुण दलका जिल्ला अध्यक्ष काजी बहादुर खड्का (दिनेश), पुर्व महाधिवेशन प्रतिनिधि रामकुमार खड्का, पुर्व जिल्ला सचिव चन्द्र राउत, पुर्व जिल्ला कार्यसमिति सदस्य केशव महत, तरुण दलका जिल्ला सहसचिव जीवन कार्की लगायतले दिपावली तथा छठको शुभकामना दिँदै नेपाली काँग्रेसलाई बलियो बनाउन सबै एक भएर लाग्नु पर्ने धारणा राखेका थिए ।

फोटोः रामचन्द्र वि.क.

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper