Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुनकोशी– २ खारेजीको माग प्रकरणः ‘काँग्रेस हचुवाको भरमा बोल्दैन’– उपसभापति कार्की

संवादाताः हाम्रो प्रहार
कार्तिक १२, २०७८

रामेछाप– अध्ययनको क्रममा रहेको सुनकोशी–२ जलविद्युत अयोजना खारेजीको विषयमा नेपाली काँग्रेसले हजुवाको भरमा नबोल्ने बताएको छ । प्रस्तावित सुनकोशी– २ र मरिन डाइर्भसन परियोजना प्रभावितहरुको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमा पर्न सक्ने असरको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा बुधबार मन्थलीमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाली काँग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीले अध्ययनकै क्रममा रहेको सुनकोशी–२ जलविद्युत आयोजनाको बारेमा काँग्रेसले हचुवाको भरमा नबोल्ने बताएका हुन् ।

सुनकोशी–२ जलविद्युत आयोजना अध्ययनको क्रममा रहेकाले अध्ययनको पुर्ण प्रतिवेन नआए सम्म उक्त आयोजना निर्माण गर्ने वा खारेजी गर्ने भन्ने विषयमा काँग्रेले आफ्नो धारणा सार्वजनिक नगर्ने उपसभापति कार्कीले बताए । नेपाली काँग्रेस माझी समुदाय भित्रै रहेको बताउँदै उपसभापति कार्कीले भने– ‘यदि आयोजना निर्माणको क्रममा अहिले भनिए जस्तै माझी समुदाय नै संकटमा पर्ने अवस्था आउने हो भने नेपाली काँग्रेस त्यसप्रति अत्यन्तै संवेदशील हुन्छ । तर अहिले परियोजना अध्ययनकै क्रममा रहेकाले त्यसको विस्तृत विवरण नआउँदै खारेजीको माग गर्नु कुनै अर्थ रहँदैन् ।’

प्रस्तावित सुनकोशी–२ जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले अध्ययन पश्चत स्थानीयसँग बसेर व्यापक छलफल गरेर स्थानीयको माग अनुसार मात्रै निर्माण कार्य अगाडि बढाउदा उपयुक्त हुने कार्कीको तर्क रहेको छ ।

त्यस्तै मरिन डाइर्भसनबाट प्रभावित रामेछापका नागरिकहरुको माग प्रति स्थानीय सरकार, प्रशासन र निर्माणको जिम्मा लिएको निकाय गम्भीर हुनु पर्ने उनले बताए । मरिन डाइर्भसनको मुआब्जा वितरणमा आयोजनाले आयोजना प्रभावित स्थानीयको मागलाई सम्बोधन गर्नु पर्ने पनि उपसभापति कार्कीको भनाई रहेको छ ।

नेपाल सरकार, उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत विकास विभागले रामेछाप, सिन्धुली र काभ्रेपलान्चोक जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा जलाशयमा आधारित ९ सय ७८ मेगावाट विद्युत उत्पादन गर्ने प्रस्ताव गरेर अध्ययन गरीरहेको बताइएको छ ।

अध्ययनकै क्रममा रहेको आयोजना खारेजीको माग गर्दै सुनकोशी तथा तामाकोशी किनारमा बसोबास गर्दै आएका माझी समुदायले आन्दोलन गरीरहेका छन् ।

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper