Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

एमाले पालिका अधिवेशनः रामेछापका ७ पालिकामा नयाँ नेतृत्व चयन, लिखुतामाकोशीमा चुनाव हुने

संवादाताः हाम्रो प्रहार
कार्तिक ११, २०७८

रामेछाप– नेकपा एमाले रामेछापले ८ पालिका मध्ये ७ पालिकामा पालिका अधिवेशन सम्पन्न गर्दै नेतृन्व चयन गरेको छ । मंगलबार देखि सुरु भएको पालिका अधिवेशनले मन्थली नगरपालिका, रामेछाप नगरपालिका, दोरम्बा गाउँपालिका, सुनापति गाउँपालिका, खाँडादेवी गाउँपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।

जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको अध्यक्षमा रामबाबु घिमिरे सर्वसम्मत चयन भएका छन् । सचिव पदमा सर्वसम्मत हुन नसकेपछि राजु कार्की र सोनु रोकाबीच चुनावी प्रतिस्पर्धाबाट राजु कार्की निर्वाचित भएका छन् । सचिव पदमा भएको निर्वाचनमा कार्कीले ४१ मत प्राप्त गरेको थिए भने रोकाले २५ मत मात्रै प्राप्त गरेका थिए ।

रामेछाप नगरपालिकाको अध्यक्षमा रोशन पाख्रिन र सचिवमा सुन्दर घिमिरे चयन भएका छन् । उनिहरु दुबै जना सर्वसम्मत चयन भएका हुन् भने नगर कमिटीको अन्य पदाधिकारी र सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन भएको नेकपा एमाले रामेछापले जानकारी दिएको छ ।

उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा रुद्रमणी नेवार र सचिवमा चन्द्र खाती चयन भएका छन् । उनिहरु दुबै जना सर्वसम्मत चयन भएका हुन भने गाउँपालिका कमिटीका अन्य पदाधिकारी र सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन भएको नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले जानकारी दिए । सचिव श्रेष्ठका अनुसार गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा दीपक कार्की र सचिवमा तेम्बा शेर्पा चयन भएका छन् । गोकुलगंगा गाउँपालिका कमिटीका अन्य पदाधिकारी र सदस्यहरु पनि सबै सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै खाँडादेवी गाउँपालिकाको अध्यक्षमा पुस्कर कार्की र सचिवममा मोतीलाल तामाङ चयन भएका छन् । सुनापति गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार योञ्जन र सचिवमा रोज ग्यापक चयन भएका छन् भने दोरम्बा शैलुङ गाउँपालिकाको प्रेमबहादुर लामा र सचिवमा  देउबहादुर थापामगर चयन भएका छन् । खाँडादेवी, सुनपति र दोरम्बा शैलुङ गाउँपालिकाका अन्य पदाधिकारी र सदस्यहरु सबै सर्वसम्मत चयन भएको जिल्ला सचिव श्रेष्ठले बताए ।

लिखुतामाकोशीमा भएन सहमती, २४ गते निर्वाचन

उता लिखुतामाकोशी गाउँपालिकाको नेतृत्व सहमितीमै टुंग्याउने प्रयास असफल भएपछि कात्तिक २४ गते निर्वाच हुने भएको छ । अध्यक्ष पदमा भीमबहादुर तामाङ, दुर्गा बहादुर श्रेष्ठ, केशरबहादुर पौडेल र शिव प्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै  उपाध्यक्ष पदका लागि इन्द्रबहादुर बुढाथोकी, लीला बहादुर बस्नेत र दीपबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् भने सचिव पदमा रामकुमार पाण्डे, सुवास बोहरा र शेर बहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । उपसचिवमा रविन्द्र पौडेल, विनोद खड्का र मिङ्मार तामाङले उम्मेदवारी दर्ता गराएका छन् । लिखुतामाकोशी गाउँ कमिटीको पादधिकारीमा निर्वाचन हुने भएपनि सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।

नेकपा एमाले वडा कमिटीको अधिवेशन कात्तिक ६ गते नै सम्पन्न भइसकेको छ ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper