Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०७८

न्युज कारखाना/काठमाडौं- एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन चारवटा सुझाव दिएकी छन् ।

बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै उपाध्यक्ष शाक्यले एमाले सुदृढ बनाउन नेतृत्वको ध्यानाकर्षण गराइन् ।

यस्ता छन् चार सुझाव

१) हामी विचारबाट साह्रै विचलित भयौं । वैचारिक प्रशिक्षण भएन । नवौं अधिवेशनमा दुइटा प्यानल बन्यो । निर्वाचनमा गुटबन्दी भयो । पार्टीभित्र अन्तरविरोध सिर्जना भयो । कहिल्यै पनि संगोल एमाले भएन । दुर्भाग्य थियो । एकताबद्ध भएर जाने, प्यानल नबनाउने हो सुदृढ एमाले बनाउन सक्छौं ।

२) हामीसँग विचार छ । तर कहिले पनि वैचारिक काम गर्न सकेनौं । नवौ अधिवेशनपछि प्रशिक्षण, विचारको अभाव भयो । कमिटी अराजकतातिर गयो । विचार शून्य भएपछि जन्माउने गुटबन्दी हो । एमाले गुटबन्दीको सिकार बन्यो । यसमा अत्यन्तै समीक्षा हुनुपर्छ । निर्मम समीक्षा गरेमात्रै सुदृढ एमाले बन्छ । नेतृत्वले आँट गर्नैपर्छ ।

३) जनमतको कदर गर्नै सकेनौं । यत्रो नेपाली जनताले हामीलाई जनमत दियो । सत्तामा पुर्‍यायो । तर जोगाउन सकेनौं । जनताले मत दियो । अब फेरि चुनावमा जानुपर्छ भनेर सोचेनौं । जनमत पाएको हो जे हुन्छ जसरी चल्छ चल्छ भनेर गैरजिम्मेवारीपूर्वक सोच्यौं । अब जनमतलाई के भन्ने ? आत्मालोचना गर्नैपर्छ । जनतामाझ भन्नैपर्छ । तब मात्रै सुदृढ एमाले हुन्छ । फेरि जनमत पाउँछ ।

४) हामी रूपान्तरित हुने कि नहुने ? नेता मात्रै होइन, कार्यकर्तासम्म, कार्यकर्तामात्र होइन सिंगो संगठन, तलदेखि माथिसम्म विचार, व्यवहारमा रूपान्तरित हुने कि नहुने ? कि त्यहीँ सामन्ती सोचबाट जाने हो ? त्यसरी जाँदा गाह्रो हुन्छ । सिंगो एमाले पंक्तिलाई पहिला रूपान्तरित गरौं । विचारको राजनीति गरौं । किनभने हामी गालीगलौजको राजनीतिक गर्छौं । फेरि त्यसलाई कसरी सच्याउने ? रूपान्तरित गर्नैपर्छ । त्यसका लागि विधान अधिवेशन आइसकेको छ । महाधिवेशन कमिटी तोकिसकेको छ । मूलधारको कम्युनिस्ट एमाले नै हो । त्याग र बलिदानबाट आएको एमाले सुदृढ बन्नु, विधिसम्मत बनाउनुपर्छ । नैतिक आचारणलाई सुदृढ बनाउँदै गयौं भनेर धेरै कुरा मिलेर जान्छ ।

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper