रामेछाप– रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारीमा दिपक कुमार पहाडी आउने भएका छन् । भदौ ३० गतेको गृह मन्त्रालयको निर्णयानुसार सहसचिव दिपक कुमार पहाडी काज सरुवामा रामेछाप आउन लागेका हुन् ।
यस अघिका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भदौ २९ गतेको निर्णयानुसार सत्य निरुपण तथा मेलमिलाप आयोगमा सरुवा भएपछि गृह मन्त्रालयले पहाडीलाई रामेछापको प्रमुख जिल्ला अधिकारीमा पठाउने निर्णय गरेको हो । पहाडी यस अघि भूमी व्यवस्था, सहकारी तथा गरिवी निवरण मन्त्रालयमा रहेका थिए ।
पहाडीले यस अघि पनि रामेछापमा करिव तीन वर्ष सरकारी सेवामै रहेर काम गरीसकेका छन् भने उदयपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर गृह प्रशासनको समेत अनुभव लिइसकेका छन् ।
पुख्र्यौली घर सिन्धुली भएका पहाडीले एसएलसी सम्मको अध्ययन समेत रामेछापकै गौरीशंकर माविबाट गरेका हुन् ।
आफ्नो प्रतिकृया दिनुहोस्