Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

‘सभापतिमा मेरो उम्मेद्वारी कायमै छ, अन्य समूहसँग मिल्ने भन्ने हल्ला मात्रै हो’– कान्छाराम

संवादाताः हाम्रो प्रहार
भदौ २८, २०७८

रामेछाप– नेपाली काँग्रेसका नेता एवं महासमिति सदस्य पुर्णबहादुर तामाङ कान्छारामले रामेछापको जिल्ला सभापतिमा आफ्नो उम्मेद्वारी कायमै रहेकाले उम्मेद्वारी छोड्ने र अन्य समूहसँग मिल्न लागेको भन्ने हल्ला मात्रै भएको बताएका छन् । केही दिन अघिदेखि पार्टी सभापतिका सम्भावित उम्मेद्वारहरुको समूहले कान्छारामले उम्मेद्वारी फिर्ता लिएर आफ्नो समूहमा मिल्छ भन्दै गलत हल्ला फैलाएर मतदातालाई आफ्नो समूहमा तान्ने प्रयास भइरहेकाले उम्मेद्वारी फिर्ता लिने र अन्य समूहसँग मिल्ने भन्ने कुरा हल्ला मात्रै भएको बताएका हुन् ।

हाम्रो प्रहार डटकमसँग कुरा गर्दै तामाङले भने– ‘मैले एक वर्ष अघिदेखि नै १४ औँ महाधिवेशनमा रामेछाप काँग्रेसको जिल्ला सभापतिमा आफ्नो उम्मेद्वारी रहने बताउँदै आएको छु र अहिले पनि म सभापतिकै उम्मेद्वार हो । तर, पार्टी सभापतिका उम्मेद्वार लवश्री न्यौपाने र कृष्ण महतको समूह लगायतका मानिसहरुले कान्छारामले उम्मेद्वारी फिर्ता लिन्छ, अन्तिममा हामीलाई सघाउँछ, उसले जित्दैन भन्ने जस्ता भ्रामक हल्लाहरु फैलाएर मतदाताहरु आफ्नो पक्षमा तान्ने प्रयास गरीरहेका छन् । यो एकदम गलत हो । यस्ता भ्रम छर्ने काम बन्द गरौँ । केही क्षणको लागि आफ्नो स्वर्थमा गरिने यस्तो भ्रमको खेतीले भविष्य सम्म असर पार्छ । त्यसैले यस्तो हल्ला नफैलाउन म सबै साथीहरुलाई अनुरोध गर्छु । साथै यस्ता हल्लाको पछि नलाग्न आम मतादाता क्षेत्रिय प्रतिनिधिहरुलाई पनि अनुरोध गर्छु ।’

पार्टी संगठनलाई बलियो बनाउने, स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभामा काँग्रेसलाई जिताउनको लागि आफ्नो उम्मेद्वारी रहेको कान्छाराम तामाङले बताउँदै आएका छन् ।

जिल्ला सभापतिको पदमा वर्तमान पार्टी सभापति लवश्री न्यौपनेले १४ औँ अधिवेशनमा पनि आफ्नो उम्मेद्वरी रहने घोषणा गरीसकेका छन् । त्यस्तै १३ औँ अधिवेशनका सभापतिका प्रत्याशी कृष्ण महतको पनि १४ औँ अधिवेशनमा सभापतिमा उम्मेद्वारी रहने चर्चा रहेको छ ।

रामेछाप काँग्रेसका ६४ ओटा वडामा वडा अधिवेशन सम्पन्न भइसकेको छ भने गाउँपालिका, नगरपालिका, प्रदेशसभा क्षेत्र र जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper