Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा हुने नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलनको तयरी पुरा

संवादाताः हाम्रो प्रहार
भदौ १८, २०७८

रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा भदौ २५ र २६ गते हुन लागेको नेपाल जेसिज क्षेत्र ‘ग’ सम्मेलनको तयारी सबै पुरा भएको छ । नेपाल जेसिजको क्षेत्र ‘ग’ अन्तरगतका ३५ ओटा शाखा सहभागी हुने क्षेत्रिय सम्मेलनको सबै तयारी पुरा भएको रामेछाप जेसिजले विहिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

रामेछाप जेसिजको आतिथ्यमा हुने सम्मेलनलाई सफल बनाउनको लागि यस अघि विभिन्न समितिहरु गठन गरेर काम गरिरहेको र गठित समितिले आ–आफ्नो जिम्मेवारी पुरा गर्दै सम्मेलनको लागि आवश्यक तयारी पुरा गरीसकेको रामेछाप जेसिज वर्ष २०२० का अध्यक्ष गोपाल खड्काले पत्रकार सम्मेलनमा जनाकारी गराए ।

नेपाल जेसिजको राष्ट्रिय नारा– ‘परिवर्तनको लागि उठौँ, मानव विकासका लागि नेतृत्व अभ्यासहरु’ लाई समेत मध्यनजर गर्दै आयोजना गर्न लागिएको सम्मेलनले रामेछापको व्यापार, पर्यटन तथा पहिचान प्रर्वद्धनमा टेवा पुर्‍याउने मुख्य उद्देश्य रहेको खड्काले बताए ।

सम्मेलनले जेसिज स्थापना भएका १ सय २५ देशहरुमा रामेछापको पहिचानलाई पुर्‍याउन समेत मद्धत पुग्ने आफूहरुको अपेक्षा रहेको रामेछाप जेसिजले बताएको छ ।

सम्मेलनमा नेपाल जेसिजमा आवद्व पाँच सय भन्दा बढी देशभरका जेसिज अभियान्ताहरुको सहभागिता रहने अपेक्षा राखिएको भएपनि कोरोना महामारीलाई मध्येनजर गर्दै जेसिज क्षेत्र ‘ग’ अन्तरगतका ३५ शाखाका अध्यक्ष सहित १ सय ६१ शाखाका जेसिज प्रतिनिधि गरी करिव २ सयको हाराहारीमा मात्रै पाहुनाको सहभागिता हुने रामेछाप जेसिज वर्ष २०२१ का अध्यक्ष जीवन कार्कीले बताए ।

सम्मेलन सफल बनाउन रामेछाप जेसिजले आर्थिक संयोजक गुणराज भट्टराई (आकास), स्मारिका प्रकाशन संयोजक रामहरि सापकोटा, प्रचारप्रसार संयोजक ज्ञानु श्रेष्ठ, होटल व्यवस्थापन संयोजक कुमार श्रेष्ठ, रजिस्टेसन संयोजक संगिता श्रेष्ठ, शान्ति पदयात्रा संयोजक विमल पौडेल, कीट ब्याग संयोजक सैलजा ढुङ्गेल, खाना व्यवस्थापन संयोजक सन्तोष भट्टराई, मञ्च निर्माण तथा हल व्यवस्थापन संयोजक यादव केसि, मनोरञ्जन तथा साइड सिन व्यवस्थापन संयोजक धिरज खत्री, स्वागतगेट सजावट संयोजक नारायण थापा, स्वागत सम्मान संयोजक विपना थापा, तालिम तथा सेमिनार संयोजक सरस्वती राय, मायाको चिनो व्यवस्थापन संयोजक प्रमिलन सापकोटा, उद्घाटन समारोह संयोजक प्रज्वोल बुढाथोकी र सम्मेलन प्रर्वद्वन संयोजक गोपाल खड्कालाई जिम्मेवारी दिएको थियो ।

Related Posts

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper