Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

सालुमा विभिन्न पार्टी परित्याग गरेर २ सय ६४ जना नेपाली काँग्रेसमा प्रवेश

संवादाताः हाम्रो प्रहार
भदौ १७, २०७८

रामेछाप– मन्थली नगरपालिका वडा नं ४ सालुका विभिन्न पार्टीमा आवद्ध भएका २ सय ६४ जना नेता तथा कार्यकर्ताले आफ्नो पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मन्थली नगरपालिका वडा नं ४ सालु इकाइले बुधबार आयोजना गरेको वडा कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजबादी पार्टी लगायतका पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्रको पकट मानिएको सालुमा नेकपा माओवादीका स्थानीय नेता शेर बहादुर श्रेष्ठ ‘कुमार’ को नेतृत्वमा माओेबावदीबाट वडा सदस्यमा निर्वाचित दलित महिला सदस्यको छोरा सविन बसेल सहित करिव १ सय ५५ जना माओवादीका नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको सालुका काँग्रेस नेता एवं काँग्रेसबाट वडाध्यको प्रत्याशी राजन घिमिरेले बताए । घिमिरेका अनुसार एमालेका नेता शम्भु बुढाथोकी र अर्जुन बुढाथोकीको नेतृत्वमा ८० जना, राप्रपाका नेता लक्ष्मण खड्का र सिताराम नेपालीको नेतृत्वमा तथा जनता समाजबादी पार्टी नेपालका नेता अनन्त पुलामी मगरको नेतृत्वमा करिव ३० जनाले आफ्नो पार्टी छोडेर काँग्रेसमा प्रवेश गरेका छन् । लक्ष्मण खड्का केही समय काँग्रेस कै नेता भएको पनि केहि समय अघि राप्रपामा प्रवेश गरेका थिए ।

विभिन्न पार्टी छोडेर काँग्रेसमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई नेपाली काँग्रेस रामेछापका पार्टी सभापति लवश्री न्यौपाने, गत निर्वाचनमा नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका सदस्यका प्रत्याशी पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ लगायतका नेताहरुले संयुक्त रुपमा काँग्रेसमा भित्र्याएका छन् ।

विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने सबैलाई बधाई दिदै पार्टी सभापति लवश्री न्यौपानेले काँग्रेसमा आएका नयाँ साथीहरुको साथ र सहयोगले मन्थली नगरपालिकामा काँग्र्रेसको चारतारे झण्डा फहराउँदै बामपन्थीको झण्डा रणजोर खोला र तामाकोशी नदीमा फालिने बताए । त्यस्तै कार्यक्रममा बोल्दै काँग्रेस महासमिति सदस्य समेत रहेका पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ ले विगतदेखि माओदीका अगुवा नेताले सालुका आफ्ना कार्यकर्तालाई बेचेर लाखौ रुपैयाँ लुटेको आरोप लगाउँदै आज त्यसैको परिणामले सयौँ कार्यकर्ताले माओवादी छोडेर काँग्रेसमा प्रवेश गरेको बताएका छन् । उनले मन्थली नगरपालिका वडा नं ४ सालु इकाइको पार्टी भवन बनाउन जग्गा भए आफूले पार्टी कार्यालय बनाउन पाँच लाख सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस रामेछापका पार्टी सचिव लेख बहादुर कार्की, कोषाध्यक्ष कुमार श्रेष्ठ, काँग्रेस नेता युवराज भट्टराई, महाधिवेशन प्रतिनिधि कृष्ण बहादुर महत, महाधिवेशन प्रतिनिधि रत्न बहादुर कार्की, रामेछाप प्रदेशसभा ‘ख’ का सभापति विनोद कार्की, रामेछाप प्रदेशसभा ‘क’ का सचिव निरोज खड्का, नेपाली काँग्रेस मन्थली नगरपालिकाका सभापति केशव रोक्का लगायतले आ–आफ्नो भनाई राख्दै युवाहरुको राजनीतिक भविष्य नेपाली काँग्रेसमा मात्रै भएको बताएका छन् । बोल्ने बक्तहरुले नेपाली काँग्रेसको १४ महाधिवेशनको मिति नजिकिँदै गएको र फरक–फरक मितिमा वडा देखि केन्द्र सम्ममा हुने महाधिवेशनलाई सहमतिमा गरेर नयाँ नेतृत्व चयन गर्न सके अन्य पार्टीसँग हुने निर्वाचनमा नेपाली काँग्रेस देशकै पहिलो पार्टी बन्ने धारणा राखेका छन् ।

जनता समाजबादी पार्टीबाट नेपाली काँग्रेसमा प्रवेश गरेका अनन्त पुलामी मगरले आफ्नो भनाई राख्दै सालुमा सयौँको संख्यामा रहेका युवाहरुलाई अब काँग्रेमा एकताबद्ध बनाएर बगाडि बढ्ने र आगामी निर्वाचनमा केन्द्र, प्रदेश र स्थानीय तहमा काँग्रेसले नै सरकार संचालन गर्न सक्ने गरी अभियान संचालन गरिने धारणा राखे ।

मन्थली नगरपालिका वडा नं ४ सालु इकाइका सभापति निर बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विगत देखि हाल सम्मा इकाई सभापतिमा रहेर काम गरेका पुर्व पार्टी सभापतिहरु लिलानाथ अधिकारी, बोधराज अधिकारी, विमल काफ्ले र बर्तमान पार्टी सभापति निर बहादुर खत्रीलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको पार्टी सचिव कृष्णहरी खत्रीले जानकारी दिए ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper