Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा रोकिएन चोरीका घटना, सुनारपानीमा एकै रात २ लाख नगद सहित ५ स्थानमा चोरी

संवादाताः हाम्रो प्रहार
भदौ १४, २०७८

रामेछाप– रामेछापको विभिन्न ठाउँमा गएको एक महिन देखि सुरु भएको चोरीको घटना अझै रोकिएको छैन् । साउन महिनको १४ गते गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतेलीको सहकारीबाट सुरु भएको श्रृंखलाबद्ध चोरीको घटना एक महिन पछि फेरि मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा आइपुगेको छ ।

बेतालीको सहकारीमा चोरी भएको एक महिन पुगेकै राती मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा तीन पसल र दुई व्यक्तिको घरमा चोरी भएको छ । सदरमुकाम मन्थलीबाट समेत नजिकै रहेको सुनारपानीमा आइतबार राती तीन पसल र दुई व्यक्तिको घर फोडेर दुई लाख भन्दा बढी नगद सहित चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

सुनारपानीमा रहेको अनुप स्टोर्सको पछाडि पट्टीको झ्याल फोडेर घर्रामा भएको नगद दुई लाख चोरी भएको अनुप स्टोर्सका संचालक राजेन्द्र कार्कीले बताए । संचालक कार्कीले भने– ‘खाद्यन्न स्टोर्स भएको कोठामा पछाडि पट्टी दुईओटा झ्याल थिए । दुई ओटै झ्याल फोडेर भित्र पसेर घर्रामा भएको सबै पैसा लगेछन् । हामी राती दश बजे सुत्यौँ,  सबै निदाएको मौका छोपेर नगद लगिएछ  । हामीलाई त पैसा चोरी भएको कुरा सोमबार विहान मात्रै थाहा भयो ।’ कार्कीका अनुसार खाद्यन्नको पसल भएको माथिल्लो तलामा उनिहरुको परिवार बस्ने गरेका थिए ।

त्यस्तै चोरी भएको अनुप स्टोर्सबाट करिव ३ किलोमिटरको दूरीमा रहेको अर्को सुगम किराना पसलमा पनि ढोका फोडेर भित्र पसी सोकेस फुटाएर त्यहाँ भित्र भएको दश हजार नगद सहित महत्वपूर्ण कागजपत्र समेत लगेको संचालक सुमन कार्कीले बताए । राती दश बजे सम्म पसलमा कुनै घटना नभएको बताउँदै संचालक कार्कीले घरका सबै मानिस सुतेको मौका छोपेर सबै पसलमा एकैपटक चोरी भएको हुन सक्ने दावी गरे ।

राती चोरी भएको घटनाको विवरण स्थानीयले प्रहरीलाई जानकारी गराएपछि घटनास्थल पुगेको प्रहरीले भने दुई किराना पसलमा धेरै क्षति पुर्‍याउने गरी चोरी गरेको र अर्को एक किराना पसलसँगै दुई व्यक्तिको घरमा धेरै क्षति नभएपनि चोरीको प्रयास भएको बताएको छ ।

साउनको १४ गते देखि श्रृंखलाबद्ध रुपमा भइरहेका चोरीको घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको बताएपनि जिल्ला प्रहरी कार्यालयले चोरीमा संलग्न व्यक्तिहरुको पहिचान गर्न सकेको छैन् ।

यस अघि साउन १४ गते गोकुलगंगा गाउँपालिका वडा नं ४ मा रहेको बेताली सहकारी, साउन १५ गोकुलगंगा–१ चुचुरेमा रहेको गर्जाङ सहकारी, भदौ २ गते गोकुलगंगा–३ रस्नालमा दुई विद्यालय सहित व्यक्तिको व्यवसायिक उद्योग र पसल र भदौ गते गोकुलगंगा–६ फर्पुमा दुई विद्यालयसँगै एक व्यक्तिको कोठा फोडेर चोरी भएको थियो ।

साउन १४ गते देखि भदौ १३ गते राती सम्म विभिन्न ठाउँमा भएका चोरीका घटना एकै प्रकृतिका भएकाले चोरीमा संलग्न एउटै समूह हुन सक्ने पीडितहरुले बताउँदै आएका छन् ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper