Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

५ वर्ष पछि बल्ल बन्यो रामेछाप निर्वाचन कार्यालय, प्रमुख आयुक्तले गरे उद्घाटन

संवादाताः हाम्रो प्रहार
भदौ ११, २०७८

रामेछाप– १८ महिनमा सम्पन्न गर्ने गरी २०७३ सालमा निर्माण सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापको भवन ५ वर्ष पछि बल्ल बनेको छ । २०७४ साल साउन महिनको अन्तिम सम्ममा सम्पन्न गर्ने गरि धुलिखेल–ब्रमायणी– कामख्या जे.भी. कम्पनीले जिम्मा लिएको काम निर्माण कम्पनीको लापरबाहीका कारण १८ महिनमा बन्नु पर्ने भवन ५ वर्ष पछि बनेको हो ।

पाँच वर्षपछि निर्माण कार्य सम्पन्न भएको निर्वाचन कार्यालयको भवन प्रमुख निर्वाचन आयुक्तले शुक्रबार उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै निर्वाचन आयुक्तले नयाँ बनेको कार्यालयबाट निर्वाचनका हरेक कामहरुलाई सहज रुपमा सम्पन्न गर्न सजिलो हुने धारणा राखे । निर्वाचन आयोगको प्रमुख काम नै आम मतदाताहरुलाई सतप्रतिशत मतदानमा सहभागी गराउनु रहेको बताउँदै मतदाता नामावलीमा नाम लेखाउन उमेर पुगेका नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गर्दै सरोकारवाला निकायहरु सबै लाग्नु पर्नेमा जोड दिए ।

आयुक्त थपलियाले देशमा राष्ट्रियसभा, स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर आयोगले काम सुरु गरिसकेको बताए । उनले केही वर्षयता देखि नेपालमा निर्वाचन महँगो हुँदै गएको भन्ने गुनासोलाई अन्त्य गर्न सामाजिक सचेतना चलाउनु पर्ने बताए । निर्वाचन खर्चलाई न्यूनिकरण गर्न राजनीतिक र सामाजिक सचेतना नभए जतिसुकै कडा कानून ल्याएपनि त्यसले नियन्त्रण गर्न नसकिने उनको भनाई रहेको छ ।

१ करोड ८२ लाखको लागतमा १८ महिनमा नै निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको भएपनि निर्माण कम्पनीले ढिलासुस्ती गर्दा ५ वर्ष देखि भाडामा बस्दा आयोगलाई लाखौ घाटा लागेको जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख शम्भु कटुवालले बताए ।

Related Posts

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ
समाचार

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

संवादाताः कैलाश खत्री
पुस २६, २०८२
0

रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस्
‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल
समाचार

‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

संवादाताः रामचन्द्र वि.क.
पुस २६, २०८२
0

रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार...

पुरा पढ्नुहोस्
किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण
समाचार

किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण

संवादाताः हाम्रो प्रहार
पुस २५, २०८२
0

काठमाण्डौँ- बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था किवानिज क्लब अफ समर्पण नेपालले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा रहेको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper