Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

डा. डीआर उपाध्यायद्वारा फेरि सात विश्व कीर्तिमान कायम, विश्व कीर्तिमानको संख्या ५९ पुग्यो

संवादाताः हाम्रो प्रहार
भदौ १०, २०७८

काठमाण्डौँ– विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले फेरि सात विश्व कीर्तिमान कायम गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा पूर्व श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले उपाध्यालाई विभिन्न सात विश्व रकेर्ड हस्तान्तरण गरेका छन् । उपाध्याले सात विश्व कीर्तिमान थप गरेसँगै उनको नाममा हाल सम्म ५९ ओटा विश्व कीर्तिमान कायम भएका छन् ।

गीतकार संघका पूर्व अध्यक्ष चुडामणी देवकोटा, अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकालीलगायतको आतिथ्यतामा भएको कार्यक्रममा उपाध्ययालाई सात विश्व रेकर्ड हस्तान्तरण गरिएको हो । उपाध्यायका सात नयाँ विश्व रकेर्डमा ४१ ओटा हेट र क्यापको शब्द प्रयोग गरिएको गीति कविता, ५३ फरक चरा र कुकुरको नाम समावेश गरिएको गीति कविता, ४३ शब्दको अन्त्यमा ‘यो’ प्रयोग गरिएको गीति कविता, ६० शब्द ‘हामी’ प्रयोग गरिएको गीति कविता, १७० फरक ब्राण्डका मोवाइलको नाम प्रयोग गरिएको गीति कविता, एकसय म्युजिक व्याण्डको नाम प्रयोग गरिएको गीति कविता र ६० गाडीको नाम प्रयोग गरिएको गीति कविता रहेका छन् ।

यि सात रेकर्ड उनलाई एभरेष्ट वल्र्ड रकेर्ड, एसियन वल्र्ड रेकर्ड, अमेरिकन बुक अफ रेकर्ड, युरोपियन रकेर्डस बुकलगायत १४ ओटा विश्व रेकर्ड प्रदान गर्ने संस्थाले दिएका हुन् ।

सो अवसरमा सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’ र लेखक तथा पत्रकार कृष्ण भुसाललाई वल्ड बुक अफ रकेर्डका नेपाल प्रतिनिधि सागर कटुवालले वल्ड बुक अफ रकेर्ड युकेको अनर सम्मान प्रदान गरेका थिए ।

केही समय अघि एकैदिन ३६ विभिन्न राष्ट्रिय दैनिकमा एउटै शीर्षकमा लेख प्रकाशन गरेर उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गराएका थिए । यो रेकर्ड राख्न सहयोगी भूमिका खेल्ने विभिन्न दैनिक र सञ्चार संस्थाका व्यक्तिहरूलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।

‘मैले कायम गरेको यो विश्व रेकर्ड नेपालको गौरव बढाउने उद्देश्यका लागि होे’, डा. उपाध्यायले भने । डा. उपाध्यायले यसअघि गीतसंगीत तथा विभिन्न विधामा ५२ विश्व रेकर्ड कायम गरी नेपालको गौरव बढाएका छन् । उपाध्यायका एक दर्जन जति उपन्यास प्रकाशित छन् भने तीन गीतिसङ्ग्रह प्रकाशित छन् । यस्तै उनका २४ एल्बमका सयौं गीत श्रोता/दर्शकमाझ रहेका छन् ।

Related Posts

रामेछाप प्रहरीको अनुरोध : सम्पर्कविहिन भएका परिवारका सदस्यले डिएनए परीक्षणको लागि नमुना दिनु
समाचार

रामेछाप प्रहरीको अनुरोध : सम्पर्कविहिन भएका परिवारका सदस्यले डिएनए परीक्षणको लागि नमुना दिनु

संवादाताः हाम्रो प्रहार
भदौ २२, २०८३
0

रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप स्थायी ठेगाना भई विभिन्न पेशा तथा व्यवसाय गर्दै रसुवा, नुवाकोट र धादिङमा रहेका र...

पुरा पढ्नुहोस्
वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ, मन्दिर र खसीबोका चोरीमा पनि संलग्नता
समाचार

वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोह पक्राउ, मन्दिर र खसीबोका चोरीमा पनि संलग्नता

संवादाताः हाम्रो प्रहार
भदौ २२, २०८३
0

रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिकामा घरमै सुतिरहेका वृद्ध दम्पतीलाई हातखुट्टा बाँधेर बन्धक बनाई सुनका गरगहना तथा नगद लुटपाट गर्ने तीन जना...

पुरा पढ्नुहोस्
नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

संवादाताः हाम्रो प्रहार
भदौ २१, २०८३
0

रामेछाप- नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन रामेछापको शनिबार सम्पन्न ५औँ जिल्ला...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper