Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

डेढ करोडको लागतमा सामुहिक बाख्रा पालन

संवादाताः हाम्रो प्रहार
भदौ १०, २०७८

कवि थापा, सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ७ खुर्कोटमा युवाहरुले सामुहिक रुपमा बाख्रा पालन सुरु गरेका छन् । वैदेशिक रोजगारीबाट फर्केका तीन जना युवा र गाउँमै विभिन्न व्यवसाय आएका ५ जना युवा गरी ८ जनाको समूहले व्यवसायिक रुपमा बाख्रा पालन सुरु गरेका हुन् ।

खुर्कोट कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर एक वर्ष देखि बाख्रा पालनमा लागेका युवाहरुले अहिले विभिन्न जातका बाख्रा पालन गरीरहेका छन् । फार्ममा अहिले करिव ३ सयको हाराहारीमा बाख्रा रहेको फार्मका संचालका समितिका अध्यक्ष डोर विक्रम कार्कीले बताए । सामुहिक लगानीमा आफ्नै गाउँमा दुख गरे त्यसले राम्रै आम्दानी दिने र आर्थिक रुपमा समेत मजबुद बन्ने उद्देश्यले एक वर्ष अघि देखि सुरु गरिएको व्यवसाय अहिले राम्रो हुँदै गएको अध्यक्ष कार्कीले बताए ।

केही वर्ष अघि वैदेशिक रोजगारीमा गएर फर्केका फार्मका कोषाध्यक्ष समेत रहेका अर्का संचालक महेश माझीले आफू १५ महिना मलेशिया बस्दा पैसा कमाउनुको साटो उल्टै ऋण लागेर फर्किनु परेको तितो अनुभव सुनाउँदै विदेशमा गर्ने दुख नेपालमा ग¥यो भने त्यसले केही वर्षमै सोचे भन्दा राम्रो आम्दानी दिने बताए ।

समूहमा काम गर्दा आवश्यक अनुसारको लगानी जुटाउन सहज हुने र व्यवसायिक पनि हुने भएकाले ८ जनाको समूह मिलेर फार्म संचालन गरिएको उनिहरुको भनाई रहेको छ । खुर्कोटको डाडाकटेरीमा बनेको फर्मममा हाल ३ सयको हाराहारीमा बाख्रा राख्दा करिव डेढ करोड लगानी भइसकेको र थप लगानी गरेर नजिकै बंगुर फार्म पनि सुरु गर्ने योजना रहेको संचालकहरुले बताएका छन् ।

बाख्रा पालन सुरु गरेको एक वर्षमा फार्मममा उत्पादन भएका खसी–बोका, पाठा–पाठी र माउ बाख्रा पनि विक्री गर्न सहजै भएको र आम्दानी पनि हुन थालेको फार्मका अध्यक्ष डोरविक्रम कार्कीले बताए ।

हाल सम्म आफ्नै लगानीमा सुरु गरिएको फार्मममा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट कुनै पनि सहयो नपाएको बताउँदै आफूहरु जस्ता युवालाई पशुपालनमा थप आकर्षित गराउन सरकारी निकायहरुले सहयोग गरे बाख्रा पालन थप व्यवसायिक हुने उनिहरुको तर्क रहेको छ ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper