Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाज

व्यक्तिग सहयोगमा १२ किलोमिटर सडक स्तरोन्नति

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७८ भाद्र ३

रामेछाप– नेपाली काँग्रेसका नेता एवं समाजसेवी पूर्ण बहादुर तामाङ (कान्छाराम) को आफ्नो व्यक्तिगत खर्चमा मन्थली नगरपालिका वडा नं १० भित्र पर्ने मूल सडक स्तरोन्नतिको काम सुरु भएको छ । मन्थली नगरपालिका वडा नं १० महादेवटार देखि वडा नं १० भित्रको करिव १२ किलोमिटर मुल सडकलाई दुई ओटा गाडी सहजै ओहोरदोहोर गर्ने गरी ठाउँ–ठाउँमा कटिक, ग्राभेल र कच्ची नाला बनाउने गरी मंगलबार देखि काम सुरु भएको हो ।

मन्थलीको चिसापानी र चनखु छुट्टिने सडकमा आयोजित एक कार्यक्रममा मन्थली नगरपालकाका नगर प्रमुख रमेश कुमार बस्नेत र पूर्ण बहादुर तामाङ (कान्छाराम) ले संयुक्त रुपमा सडक स्तरोन्नतिको काम शुभारम्भ गरेका छन् ।

हाम्रो प्रहार डटकम

कार्यक्रममा आफ्नो भनाई राख्दै तामाङले आफूले व्यक्तिगत सहयोगमा विगत देखि गर्दै आएको कामलाई निरन्तता दिएको बताउँदै आफू काँग्रेसको नेता भएपनि चनखुबासीको सुविधाको लागि गरिएको काममा कुनै राजनीतिक स्वार्थ नभएको बताए । आफूले कमाएको केही प्रतिशत सहयोग समाज सेवामा लगाउँदा नागरिकले थप सुविधा पाउने भए त्यस्तो सहयोग गर्नु नागरिकको दायित्व भित्र पर्ने भएकाले आफूले व्यक्तिगत खर्चमा उक्त कामको थालनी गरिएको उनको भनाई रहेको छ ।

गत संघीय संसदको निर्वाचनमा नेपाली काँग्रेको तर्फबाट संघीय सांसदको उम्मेद्वार समेत रहेका तामाङले चुनावताका गाउँमा पुग्दा आफू चुनाव नजितेपनि सहयोग गर्छु भनेर आश्वासन दिएको र पराजित भएपनि त्यतिबेला नागरिकहरुलाई दिएको आश्वासन पुरा गर्न पनि विभिन्न ठाउँमा व्यक्तिगत खर्चमा काम गरीरहेको बताए । 

कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले विकासमा सबैको एकता भए मात्रै समृद्ध नगर बन्ने भन्दै तामाङको सहयोगले विकासमा थप सहयोग पुगेको बताए । उनले विकास निर्माणमा कुन पार्टीको हो भनेर हेर्न नमिल्ने बताएका छन् । करिव १२ किलोमिटर सडक स्तरोन्नतिको काममा आवश्यक सहयोग परेमा नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यस अघि गाडीहरु गुडीरहेको सडक भएपनि कच्ची नाला बनाउने र विभिन्न ठाउँमा कटिङसँगै ग्राभेल हुँदा वर्षायाममा आउने समस्या समधान हुने वडा नं १० का वडाध्यक्ष भरत बहादुर बोहोराले बताए ।

करिव १२ किलोमिटर सडक स्तरोन्नतिको लागि कटिङ, ग्राभेल र कच्ची नाला बनाउने काममा झण्डै आधा करोड खर्च हुने बताइएको छ ।

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper