Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मातृशोकबाट जन्मिएको सेवा भाव: ६९० विद्यार्थीलाई घेसे विमान सिंहको न्यानो कपडा उपहार

संवादाताः हाम्रो प्रहार
पुस १४, २०८२

रामेछाप– मानिसको जीवनमा एउटा यस्तो मोड आउँछ, जसले उसको बाँच्ने उद्देश्य नै बदलिदिन्छ । रामेछापको सुनापति गाउँपालिका–४ भ्वाँसाका घेसे विमान सिंह तामाङको जीवनमा १३ वर्षअघि यस्तै एउटा मर्माहत क्षण आयो । सामान्य उपचारको अभावमा आफ्नी ममतामयी आमा माइली डोल्मो तामाङलाई गुमाउनुपरेको त्यो पीडाले उनलाई यति विक्षिप्त बनायो कि, उनले त्यहीँबाट एउटा संकल्प गरे– “म मेरो गाउँको कोही पनि आमा र छोराछोरीलाई उपचार र आधारभूत अभावका कारण मर्न दिने छैन ।” अहिले तिनै विमान सिंह तामाङ रामेछापका दुर्गम गाउँहरूका लागि केवल एक धर्म गुरु मात्र होइनन्, उनी एक ‘आशाका किरण’ र ‘अभिभावक’ बनेका छन् ।

शिक्षामा न्यानोपनः ६९० विद्यार्थीलाई आधारभूत सहयोग

पुसको कठ्याङ्ग्रिदो जाडो । पहाडी भेगका सरकारी विद्यालयमा पढ्ने धेरै विद्यार्थीका लागि न्यानो कपडाको अभाव सधैंको समस्या हो । कतिको घरको आर्थिक अवस्था यति कमजोर छ कि, कापी–कलम सकिँदा पनि किन्न नसकेर विद्यालय जान हिचकिचाउँछन् । विद्यार्थीका यी मसिना तर गम्भीर समस्यालाई बुझेका विमान सिंहले हालै दुई गाउँपालिकाका ६ वटा विद्यालयमा पुगेर ६ सय ९० जना विद्यार्थीलाई विद्यालय पोसाक (न्यानो कपडा) र शैक्षिक सामाग्री (कापी, कलम, पेन्सिल) वितरण गरेका छन् । तामाङले सुनापति गाउँपालिकाको वडा नं ४ को कुशेश्वर माविका १५७ जना, वडा नं ५ को बाल माविका १६१ जना, वडा नं ५ को जलदेवी माविका ९० जना, वडा नं ५ को कृष्णपुरी माविका १७५ जना, वडा नं ३ को कृष्ण आविका ३८ जना र खाँडादेवी गाउँपालिकाको वडा नं २ मा रहेको सरस्वती आविका ५१ जनालाई विद्यालय पोशक, कपी, कलम र पेन्सिल वितरण गरेका छन् । 

“आमाको सम्झनाले सेवामा डोर्‍यायो“

शुक्रवार सुनापतिको कुशेश्वर माविमा आयोजित विद्यालय पोशक तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यार्थीहरूलाई कपडा हस्तान्तरण गर्दै विमान सिंहले भावुक हुँदै भने– “करिब १३ वर्षअघि आमाले समयमै उपचार नपाएर ज्यान गुमाउनुभयो । त्यो बेला गाउँमा एउटा सिटामोल पाउन पनि मुस्किल थियो । आमाको निधनपछि मलाई गाउँको यो समस्याले निकै पिरोल्यो । त्यही पीडालाई मैले समाजसेवामा बदल्ने निर्णय गरेँ । आज यी साना भाइबहिनीहरूको अनुहारमा देखिएको मुस्कान नै मेरो आमाप्रतिको साँचो श्रद्धाञ्जली हो ।”

कुशेश्वर माविमा आयोजित समापन कार्यक्रममा स्थानीय सरकार र स्वास्थ्य क्षेत्रका व्यक्तित्वहरूले उनको खुलेर प्रशंसा गरे । कार्यक्रममा सुनापति–४ का वडाध्यक्ष डन्डुप लामाले विमान सिंहको कामले स्थानीय सरकारलाई पनि उत्साह थपेको बताए । मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशव धामीले दुर्गममा बसेर स्वास्थ्य र शिक्षामा यस्तो लगानी गर्नु असामान्य र प्रेरणादायी काम भएको टिप्पणी गरे । न्यानो कपडा वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीहरूले सहयोगी धर्म गुरु र सहयोगी दाताहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

सुनापति भ्वाँसा च्यारिटी मेडिकल सेन्टर र गाउँमै उपचार

विमान सिंहले केवल कपडा मात्र बाँडेका छैनन्, उनले गाउँमै सुनापति भ्वाँसा च्यारिटी मेडिकल सेन्टर सञ्चालन गरेर स्वास्थ्य सेवामा ठुलो योगदान पुर्‍याका छन् । आमाको स्मृतिमा खोलिएको यो सेन्टरले विपन्न नागरिकलाई सहुलियत दरमा उपचार प्रदान गर्दै आएको छ । उनले व्यक्तिगत प्रयासमा दक्षिण कोरियाको जाङताओ भिलेज जाजेछ हस्पिटलको टोलीलाई नेपाल झिकाएर झण्डै ३ हजार ग्रामीण बासिन्दाको विशेषज्ञ उपचार गराइसकेका छन् । भूकम्पको समयमा भत्किएका बस्ती र कोभिडको महामारीमा खाद्यान्न अभाव झेलिरहेका नागरिकका लागि उनी सधैं अग्रपंक्तिमा उभिए ।

सन २०२५ का लागि तय गरिएका सामाजिक अभियानहरू सफलतापूर्वक सम्पन्न भएको सुनापति भ्वाँसा च्यारिटी मेडिकल सेन्टरका सचिव कमन सिंह तामाङले बताए । 

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper