Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

फैसला ढिला हुँदा १८ वर्ष सम्म धेरै क्षति भोग्नुपर्‍यो’ (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
भदौ २, २०७८

रामेछाप– नेपाली काँग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले अदालतको फैसला ढिला आउँदा आफूले १८ वर्षको अवधिमा धेरै क्षति व्यहोर्नु परेको गुनासो गरेका छन् । २०६२ साल असार १४ गते काठमाण्डौ जिल्ला अदालतले ठगी मुद्दामा आफूलाई जरिवना सहित दुई वर्ष कैद सजय सुनाकोमा १३ महिना कैद भुक्तान गरी ६ लाख ८२ हजार ५ सय ५२ रुपैयाँ धरौटी बुझाएर छुटेपछि उक्त फैसलामा चित्त नबुझेर पुनरावेदन हुदैँ उच्च अदालत सम्म पुगेर २०७७ साल पौष १२ गते सफाई पएको भएपनि त्यो १८ वर्षको अवधीमा मापन  गर्नै नसकिने क्षति व्यहोर्नु परेको गुनासो गरेका हुन् ।

सदरमुकाम मन्थलीमा मंगलबार पत्रकार सम्मेलन गरेर कार्कीले भने– ‘द्वन्द्वको बेला लागेको ठगी मुद्दामा सदरमुकाम मन्थलीबाट काठमाण्डौ सम्म पनि जान नसकेर आफूले प्रतिवादी समेत लगाउन सकिन । त्यही समयमा काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश टंक बहादुर मोक्तानको इजालसले दुई वर्ष कैद र ६ लाख ८२ हजार ५ सय ५२ रुपैयाँ जरिवना सहितको फैसला सुनाएपछि मात्रै थाहा भयो । अदालतको फैसला अनुसार म २०६४ साल देखि १३ महिना ११ दिन जेल बसेर फर्के । मैले जेल बसेकै कारणले मेरो परिवाको अभिभावक बुबा समेत गुमाउनु प¥यो । त्यति मात्रै हैन, त्यस अवधीमा सामाजिक, राजनीतिक, आर्थिक लगायतका धेरै कुरा गुमाउन बाध्ये भएँ । १८ वर्षपछि भएको फैसला त्यो भन्दा अगाडि नै भएको भए सायद मैले धेरै कुरा गुमाउनु पर्ने थिएन होला ।’

कार्कीले नेपालको नायलयले एउटा मुद्दा फैसला गर्न दशकौ वर्ष लगाउँदा विभिन्न आरोप लागेर सजाय खेपीरहेका तर फैसला नभएका ७५ प्रतिशत आरोपीहरु निर्दोश रहेको दावी गरे ।

आफ्नो मुद्दा न्यायलयले समयमै फैसला नगर्दा गठी मुद्दा लागेको भनेर धेरै ठाउँमा अपमानित हुनु परेको गुनासो गर्दै अब नेपालका न्ययिक निकायहरुले यस्ता मुद्दालाई चोडो भन्दा चाडो फैसला गरेर नागरिकलाई स्वतन्त्र बनाउनु पर्ने धारणा राखे ।

काठमाण्डौ जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि कार्की सहित आरोपीले पुनरावेदन अदालतमा काठमाण्डौ जिल्ला अदालतको फैसला विरुद्ध मुद्दा दिएको भएपनि २०६५ माघ १२ गते पुनरावेदन अदालत पाटनले आरोपी मध्ये चन्द्रबहादुर खड्कालाई १ लाख ३६ हजार ५ सय १० रुपैँया जरिवाना गर्ने र अन्य आरोपीलाई भने काठमाण्डौ जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला सुनाएको थियो ।

आरोपीहरुलाई उक्त फैसलामा चित्त नबुझेपछि पुनरावेदन अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा न्यायाधीश तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आरोपी चारै जनालाई २०७७ साल पौष १२ गते सफाई दिने फैसला सुनाएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोसः फैसला ढिला हुँदा १८ वर्ष सम्म धेरै क्षति भोग्नु पर्‍यो’

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper