Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघ गठन, अध्यक्ष गणेश खड्का

संवादाताः हाम्रो प्रहार
साउन ३२, २०७८

रामेछाप– रामेछापमा नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघ गठन भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा सोमबार सम्पन्न प्रथम रामेछाप जिल्ला भेलाले गणेश खड्काको अध्यक्षतामा ९ सदस्यीय समिति रहने गरी नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघको जिल्ला कार्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा विष्णु कुमार प्रधान, सचिममा भिम बहादुर पाण्डे, सहसचिवमा विकास लामा र कोषाध्यक्षमा प्रवेश श्रेष्ठ चयन भएका छन् । त्यस्तै समितिको सदस्यमा बिरबल माझी मात्रै चयन भएका छन् । नौ सदस्यीय समितिमा तीन जना सदस्य चयन हुन बाँकी रहेको सुमन खड्कले बताए । कार्यक्रम सफल बनाउन सहजीकरणको भूमिका समेत खेलेका खड्काका अनुसार चयन हुन बाँकी तीन जना सदस्यलाई सबै पालिकाको प्रतिनिधित्व हुने गरी भर्खरै बनेको समितिले चयन गर्ने गरी कार्यक्रम सम्पन्न भएको छ ।

नव निर्वाचित अध्यक्ष गणेश खड्काले जिल्लामा पहिलो पटक गठन भएको समितिले जिल्लामा रहेका हेभी इक्वीपमेन्टमा कार्यरत चालकहरुको हकहितमा काम गर्ने बताए । उनले यसअघि आफूहरु एक्ला–एक्लै हुदाको समयमा काम गर्दा धेरै समस्या र चनौतीहरु भोग्नु परेकाले अब त्यस्ता समस्या र चुनौतीसँग संघ लड्ने बताए ।

भेलामा बोल्दै जिल्ला समन्वय समिति रामेछापका सदस्य पुर्ण बहादुर महतले देश विकासमा महत्वपूण योगदान गर्ने हेभी इक्वीपमेन्टका चालकहरुको सबैले सम्मान गर्ने पर्ने बताए । कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका महतले भर्खरै गठन भएको समितिलाई बधाई दिदैँ जिल्ला समन्वय समितिको तर्फबाट सधैँ सहयोग हुने बताए ।

भेलामा बोल्दै नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघका केन्द्रीय अध्यक्ष सन्तोष कुमार श्रेष्ठले एक दशक देखिको संघर्षपछि नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघको जिल्ला शाखा विस्तार गर्न रामेछाप आउन पाउँदा आफू निकै खुसी भएको बताउँदै अब केही समय भित्रै देशैभरीका करिव ६० हजारको हाराहारीमा रहेका हेभी इक्वीपमेन्ट चालकहरु एक हुने धारणा राखे । अध्यक्ष श्रेष्ठले व्याहोको लोडर, डोजर, क्रेन, स्काइभेटर, ग्रेडर लगायत निर्माण क्षेत्रमा प्रहयो हुने ठूला साधान चलाउने चालकलाई राज्यले बेवास्ता गरेको भन्दै नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघले विगत देखि उठाउँदै आएका मागलाई पुरा गर्न राज्यलाई आग्रह गरे ।

नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघ संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लहाकार टि.वि. विश्वकर्माले देशको भौतिक विकास निर्माणमा हेभी इक्वीपमेन्ट चालकहरुको महत्वपूर्ण योगदान रहेको बताए । उनले हेभी इक्वीपमेन्ट चालक र उनिहरुका परिवारलाई विद्युत र यातायात निःशुल्क गरिदिनु पर्ने, काम गर्दा गर्दै चालकको ज्यान गए शहिद घाषणा गर्नु पर्ने, विमाको रकम बढाएर २० लाख भन्दा माथी पु¥याउनु पर्ने लगायतका मागहरुमा राज्यले पूरा गर्नु पर्ने धारणा राखे ।

नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामकुमार तिामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल हेभी इक्वीपमेन्ट अपरेटर संघ बागमती प्रदेशका संयोजक भुवन बहादुर तम्तेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा निर्माणव्यवसायीको तर्फबाट निरन्जी खड्का अथिति रहेका थिए भने जिल्लका हेभी इक्वीपमेन्टका चालकहरुको सहभागीता रहेको थियो ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper