Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

नेपाल तेक्वान्दो संघ रामेछापमा नयाँ नेतृत्व, अध्यक्षमा केदार कार्की

संवादाताः हाम्रो प्रहार
साउन २६, २०७८

रामेछाप– नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापले नयाँ कार्या समिति पाएको छ । जिल्ला कार्यसमिति रामेछापको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले केदार कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष प्रदिप कुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभा अधिवेशनले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा टिकाराम राना मगर, सचिवमा देवेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा घना श्रेष्ठ, सहसचिवमा अपना कुमारी श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः रुद्र कुमार जेसपुचा, बिजय तामाङ, निङबर पाख्रिन र रुकुम हायु रहेका छन् ।

१५ जनाको कार्यसमिति बनेको भएपनि अहिले ९ जना मात्रै निर्विरोध निर्वाचित भएको र बाँकी पदाधिकारी सहित सदस्य संघको बिधान अनुसार कार्यसमितिको बैठले मनोनित गर्न पाउने भएकाले केही समय भित्रै बैठक बसेर कार्यसमितिलाई पूर्णता दिइने नवनिर्वाचित अध्यक्ष कार्की बताए ।

जिल्लाको कार्यसमिति पूर्ण रुपमा विस्तार भएपछि जिल्लाका सबै स्थानीय तहरुमा तेक्वान्दो संघ गठन गर्ने, तेक्वान्दो खेल र खेलाडीलाई हौसला बढाउने खालका विभिन्न कार्यक्रमहरु आफ्नो कार्यकालमा गरिने अध्यक्ष कार्कीले बताए ।

नयाँ बनेको समितिले जिल्लामा करिव ४ सयको हारहारीमा रहेका तेक्वान्दो खेलाडीलाई समेट्दै नयाँ कार्यक्रमका साथ अगाडि बढ्ने गरी संघ लाग्ने निर्वाचित सचिव देवेन्द्र श्रेष्ठले बताए । नयाँ कार्यसमितिले अब आफ्नै कार्यालयबाट कामकाज अगाडि बढाउने गरी रामेछाप बजारमा संघको कार्यालय समेत स्थापना गरिएको सचिव श्रेष्ठले बताए ।


नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापका अध्यक्ष प्रदिप कुमार श्रेष्ठको अध्यक्षता एवं नेपाल तेक्वान्दै संघ बागमती प्रदेशका प्रतिनिधि पासाङ शेर्पाको प्रमुख आतिथ्यतामा सोमबार रामेछाप बजारमा भएको साधारणसभा तथा अधिवेशनमा विभिन्न खेलाडी र खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper