Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नेपाल जेसिजको क्षेत्र ‘ग’ सम्मेलन आसोज १ र २ गते मन्थलीमा हुने

संवादाताः हाम्रो प्रहार
साउन २३, २०७८

रामेछाप– नेपाल जेसिजको क्षेत्र ‘ग’ सम्मेलनको मिति तय भएको छ । नेपाल जेसिजको क्षेत्र ‘ग’ अन्तरगतका ३५ वटा शाखा सहभागी हुने क्षत्रिय सम्मेलन रामेछापको सदरमुकाम मन्थलीमा असोस १ र २ गते हुने गरी मिति तय भएको हो । रामेछाप जेसीजको आतिथ्यमा रामेछापमा सम्मेलने गरिने यस अघि नै निर्णय भएपनि मिति भने तोकिएको थिएन् ।

नेपाल जेसिजको केन्द्रीय समितिको बैठकले असोज १ र २ गते रामेछापको सदरमुकाम मन्थलीमा गर्ने निर्णय गरेको रामेछाप जेसिजका अध्यक्ष जीवन कार्कीले बताए ।

सम्मेलनको पुर्व तयारीका लागि रामेछाप जेसिजले पहिलो चरणमा मातृ शाखा धुलिखेलका पुर्व अध्यक्ष एवं नेपाल जेसिजको पुर्व राष्ट्रिय उपाध्यक्ष समिरव्यञ्जु श्रेष्ठको उपस्थितिमा विभिन्न १७ विभागीय समिति गठन गरेर गरेको छ ।

ग्ठित विभागीय समितिहरुमा आर्थिक संयोजक गुणराज भट्टराई (आकास), स्मारिका प्रकाशन संयोजक रामहरि सापकोटा, प्रचारप्रसार संयोजक ज्ञानु श्रेष्ठ, होटल व्यवस्थापन संयोजक कुमार श्रेष्ठ, रजिस्टेसन संयोजक संगिता श्रेष्ठ , शान्ति पदयात्रा संयोजक विमल पौडेल, कीट ब्याग संयोजक सैलजा ढुङ्गेल, खाना व्यवस्थापन संयोजक सन्तोष भट्टराई, मञ्च निर्माण तथा हल व्यवस्थापन संयोजक यादव केसि, मनोरञ्जन तथा साइड सिन व्यवस्थापन संयोजक धिरज खत्री, स्वागतगेट सजावट संयोजक नारायण थापा, स्वागत सम्मान संयोजक विपना थापा, तालिम तथा सेमिनार संयोजक सरस्वती राय, मायाको चिनो व्यवस्थापन संयोजक प्रमिलन सापकोटा, उद्घाटन समारोह संयोजक प्रज्वोल बुढाथोकी र सम्मेलन प्रर्वद्वन संयोजक गोपाल खड्का रहेका छन् ।

बैठकले रामेछाप जेसिजका पुर्व अध्यक्ष एवं पुर्व केन्द्रीय सदस्य प्रदिप बस्नेतको संयोजकत्वता ५ सदस्यीय सम्मेलन सल्लाहकार समिति गठन गरेको छ । समितिमा मन्थली क्याम्पसका पुर्व क्याम्पस प्रमुख प्रध्यापक गुञ्ज श्रेष्ठ, उद्योग वाणिाज्य संघ रामेछापका पुर्व अध्यक्ष श्याम थापा, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे र रामेछाप जेसिजका पुर्व अध्यक्ष राजकुमार खत्री रहेका छन् ।

नेपाल जेसिजको सम्मेलन रामेछापमा यो पहिलो पटक हुन लागेको हो । रामेछापको व्यापार, पर्यटन तथा पहिचान प्रर्वद्धनमा टेवा पु¥याउने उदेश्यले संचालन गर्न लागिएको सम्मलेनमा नेपाल जेसिजको क्षेत्र ग अन्तरगतका ३५ वटा शाखा सहभागी हुने बताइएको छ । सम्मेलनमा नेपाल जेसिजमा आवद्व पाँच सय भन्दा बढी देशभरका जेसिज अभियान्ताहरुको सहभागिता रहने रामेछाप जेसिजका अध्यक्ष जीवन कार्कीले बताए ।

सम्मेलनमा स्थानीय झाकी, रामेछापका पर्यटकीय स्थानहरु झल्किने तस्बिर प्रदर्शन, सम्मेलनमा सहभागी अतिथिलाई जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गराउने लगायतका कार्यक्रम समेत रहेको अध्यक्ष कार्कीले बताए  ।

Related Posts

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ
समाचार

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

संवादाताः कैलाश खत्री
पुस २६, २०८२
0

रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस्
‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल
समाचार

‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

संवादाताः रामचन्द्र वि.क.
पुस २६, २०८२
0

रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार...

पुरा पढ्नुहोस्
किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण
समाचार

किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण

संवादाताः हाम्रो प्रहार
पुस २५, २०८२
0

काठमाण्डौँ- बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था किवानिज क्लब अफ समर्पण नेपालले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा रहेको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper