रामेछाप– रनजोर खोलाको मुहानमा रहेको घ्याप्चेमा सुख्खा पहिरो जान थालेको छ । शुक्रबार अपरान्ह देखि पटक–पटक पहिरो गइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । अपरान्हदेखि एक्कासी सुख्खा पहिरो जान थालेको र तत्काल जोखिम नभएपनि पहिरो खसीरहेकै बेला पानी पर्यो भने जोखिम हुने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नवराज ढुंगानाले बताए ।
वर्षादको समय भएकाले पहिरो खसीरहेकै समयमा पानी आए जोखिम हुने भएकाले रनजोर खोला आसपास बस्ने स्थानीयलाई पानी पर्दा सतर्कता अपनाउन अनुरोध गर्दै सूचना समेत जारी गरिएको प्रनाउ ढुंगानाले बताए । प्रहरी प्रमुख ढुंगानाले अहिले पनि पहिरो खसीरहेकाले राती पानी पर्यो भने खोला आसपास भएका बस्तीका नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
मन्थली नगरपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने रनजोर खोलाको शिर घ्याप्चेकै पहिरोका कारण विगतमा सयौँ रोपनी खेत बगरमा परिणत गरेको रणजोर खोलो डेढ दशकदेखि सुस्ताएको कारण अहिले त्यति क्षति नभएको स्थानीयहरुले बताएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्