Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा टेलिफोन र इन्टरनेटमा समस्या, कार्यालय प्रमुख भन्छनः एडिएसएल सुधार हुँदैन

संवादाताः हाम्रो प्रहार
साउन १४, २०७८

रामेछाप– रामेछापमा टेलिफोन र इन्टरनेटमा आएको समस्यामा महिनौ हुँदा पनि समधान नभएपछि रामेछाप नगरपालिकाका जनप्रतिनिधि र स्थानीय सहितको टोलीले नेपाल टेलिकमको कार्यालय मन्थलीमा ध्यानकार्षण पत्र बुझाएका छन् । ल्याण्डलाईन फोन, मोबाइल फोन र इन्टरनेटमा समस्या आएको महिनौ हुँदा पनि समधानको लागि कार्यालयले ध्यान नदिएको भन्दै रामेछाप– ७ का वडाध्यक्ष समिर कार्की, वडा नं ८ का वडाध्यक्ष केदार कार्की उद्योग वाणिज्य संघका अध्यक्ष सम्भु कुमार श्रेष्ठ, स्थानीय लगायतको संयुक्त टोलीले टेलिकमका ग्राहकले भोग्दै आएका समस्या तत्काल समधान गर्न कार्यालय प्रमुख विष्णु बहादुर भण्डारीलाई बुधबार ध्यानकार्षण पत्र बुझाएका हुन् ।

विगत लामो समय देखि ल्याण्डलाइन फोन र मोबाइल फोनमा समस्या आउँदा एक अर्काबीच कुरा हुँदा प्रष्ट आवाज नसुनिने, इन्टरनेट सेवा अवरुद्ध हुँदा वडा कार्यालयबाट प्रवाह हुने अनलाइन सेवा बन्द हुने भएकाले तत्काल सेवा सुधार गर्न ध्यानकार्षण पत्रमा उल्लेख छ । त्यस्तै यसअघि नै रामेछाप नगरपालिका भित्रका विभिन्न वडा र बजार क्षेत्रहरुमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारको लागि सर्भे–नक्सांकन समेत भइसकेको भएपनि हाल कुनै काम सुरु नभएको हुँदा टेलिफोन सेवा र इन्टरनेट सेवालाई चाँडो बिस्तार गर्न समेत ध्यानकार्षण पत्रमा माग गरिएको छ ।

वडा नं ८ का वडाध्यक्ष केदार कार्कीले नेपाल टेलिकमले रामेछाप बजार क्षेत्र हेर्ने गरी रामेछाप डाँडामा स्थापना गरेको कार्यालयले जिम्मेवार भएर काम नगर्दा सेवाग्राहीले समस्या भोग्नु परेकाले त्यहाँ रहेको कार्यालयमा प्राविधिक कर्मचारी राखेर सेवा सुधार गर्न आग्रह गरेका छन् । वडाध्यक्ष कार्कीले कार्यालयलाई थप व्यवस्थि गर्न वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । त्यस्तै वडा नं ७ का वडाध्यक्ष समिर कार्कीले आफ्नो कार्यालयमा आउने सेवाग्राहीले इन्टरनेटकै कारण घण्टौ कुर्नु पर्ने बाध्यता रहेकाले त्यसलाई तत्काल समधान हुने गरी सेवा सुधार गर्न आग्रहा गरेका छन् ।

ध्यानकार्षण पत्र बुझाउन आएका रामेछाप बजारबासीले नेपाल टेलिकमले सेवाग्राहीसँग पैसा मात्रै लिएको तर सेवा भने गुणस्तरहिन दिएर सेवाग्राहीसँग पैसा लिएर ठग्ने काम मात्रै गरेको आरोप लगाएका छन् । उनिहरुले यसअघि लामो समय सम्म इन्टरनेट (एडिएसएल) सेवा अवरुद्ध हुँदा तिरेको पैसा कार्यालयले फिर्ता गर्छु भनेको भएपनि अहिले सम्म त्यो बचन पुरा नगरेको आरोप लगाए ।

कार्यालय प्रमुख भन्छन्ः एडिएसएल सुधार हुँदैन फाइबर आउन समय लाग्छ

यता नेपाल टेलिकम रामेछाप शाखाका प्रमुख विष्णु बहादुर भण्डारीले ध्यानकार्षण पत्रमा लेखिए जस्तो सबै समस्या नभएको बताउँदै केही समस्यालाई चाँडै समधान गर्ने तर्फ कार्यालय लाग्ने बताए । वडा कार्यालयहरुले आफैले पैसा तिरेर सेवालाई थप गुणस्तरको बनाउन सक्ने भएकाले त्यो काम गर्न सकिने भएपनि अन्य ग्राहाकले भनेको समस्या तत्काल समधान गर्न नसकिने कार्यालय प्रमुख भण्डारीले बताए । एडिएसएल सेवाको गति तोकेको भन्दा कम हुँदा काम गर्न समस्या भएको गुनासो सेवाग्राहीले राखेको विषयमा कार्यालय प्रमुख भण्डारीले एडिएसएल सेवाई त्यो भन्दा द्रुत गतिको बनाउन नसकिने जबाफा दिएका छन् ।

इन्टरनेटको (एडिएसएल) गतिलाई सुधार गर्न नसकिने हो भने त्यो जनकारी सहितको सूचना कार्यालयले निकाल्नु पर्ने बताउँदै आफूहरुले तिरेको पैसा समेत फिर्ता गर्न माग गर्दै आक्रोश पोखेका छन् ।

नेपाल टेलिकम रामेछापले बर्दिबास र दोलालघाट–लामोसाँघु हुँदै दुई ठाउँबाट आएको अप्टिकल फाइबार सहितको इन्टरनेट ग्राहकलाई वितरण गरिएको छ भने भालुखोप डाँडामा रहेको रिपिटर टावार मार्फत पनि इन्टरनेट इन्टरनेट सेवा दिइरहेको छ । तर, यसरी तीन विकल्प हुँदा–हुँदै पनि ग्राहकले इन्टरनेटको विभिन्न समस्या भोग्दै आएका छन् ।

‘एडिएसएल सुधार हुँदैन’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Related Posts

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
संजय बुढाथोकीको संयोजकत्वमा ८ सय १ जनाको समिति
समाचार

संजय बुढाथोकीको संयोजकत्वमा ८ सय १ जनाको समिति

संवादाताः हाम्रो प्रहार
फाल्गुन ९, २०८२
0

रामेछाप- नेपाली काँग्रेस  रामेछापले पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउन गठन गरेको बिशेष युवा परिचालन समितिले जिल्लाका ६४ ओटै वडाका...

पुरा पढ्नुहोस्
बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी
समाचार

बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, २२८ खेलाडी सहभागी

संवादाताः हाम्रो प्रहार
फाल्गुन ४, २०८२
0

भक्तपुर– भक्तपुरको सुर्यविनायकमा नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघको आयोजना तथा आशा फर चिल्ड्रेन फाउन्डेशनको सह–आयोजनामा फागुन २ र ३ गते...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper