Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home पत्रपत्रिका

रामेछापमा ट्राफिक कारबाहीमा डेढ करोड राजस्व संकलन

संवादाताः हाम्रो प्रहार
साउन १३, २०७८

श्रीधर घिमिरे– रामेछापमा ट्राफिक कारबाहीमा एक वर्षको अवधीमा झण्डै डेढ करोड राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७७/७८ को सुरु देखि असार मसान्त सम्मको अवधिमा १ करोड ४८ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय रामेछापले बताएको छ ।

विभिन्न जिल्लाबाट रामेछाप भित्रने, रामेछाप जिल्लाबाट बाह्य जिल्लामा जाने र रामेछाप जिल्ला भित्रै चल्ने सवारीका साधन तथा ढुवानीका साधनलाई ट्राफिक नियम उलंघन गर्दा गरिने कारबाहीबाट उक्त रकम उठेको जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रमुख विकल भट्टराई बताए । एक महिनाको अवधिमा १५ हजार सवारी र ढुवानीका साधनहरु कारबाहीमा परेको भट्टराईले बताए ।

यात्रु र चालकको सुरक्षाको लागि नियम उलंघन गर्ने ढुवानी तथा सवारीका साधनलाई गरिएको कारबाहीबाट अघिल्ला वर्षको तुलनामा यो वर्ष दुर्घटना निकै कम भएको जिल्ला प्रहरी ट्राफिक प्रमुख भट्टराईले बताए । भट्टराइले भने– ‘जिल्लामा सडक बिस्तार भएसँगै सवारीका साधन र ढुवानीका साधन धेरै चल्न थालेका छन् । त्यसरी चल्ने दुबै साधनमा चालकहरुले लापरवाही गर्दा मानिसको ज्यानै जान सक्ने हुँदा हामीले ट्राफिक नियममा कडाई गरेकै कारण दुर्घटनाहरु पनि कम भएका छन् । त्यस्तै मापासे गरेर सवारी र ढुवानीका साधन चलाउने दर घटेको छ भने चालकहरुमा हाम्रै कारणले दुर्घटना बढी हुने रैछ भन्ने कुराको समेत जानकारी भएर नियम पालना गर्ने सोचको विकास भएको छ । राजस्व धेरै उठ्यो भन्ने भन्दा पनि गल्ती गर्नेले कारवाही भोग्यो भन्ने महत्वपूर्ण कुरा हो । तसर्थ हामी जिल्लाको ट्राफिक व्यस्थापनलाई थप सुरक्षित बनाउने अभियानमा सधै रहेका छौँ ।’

ट्राफिक कारवाहीमा परेका सवारीका साधान र ढुवानीका साधन चलाउने चालकले अहिले नियमलाई पालना गर्नुको साथै लाइसेन्स देखि आवश्यक सबै कागजपत्र बोक्न थालेको ट्राफिक प्रमुख भट्टराईले बताए ।

प्रहार खबर साप्ताहिकमा साउन १० गते आइतबार प्रकाशित

Related Posts

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ
समाचार

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

संवादाताः कैलाश खत्री
पुस २६, २०८२
0

रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस्
‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल
समाचार

‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

संवादाताः रामचन्द्र वि.क.
पुस २६, २०८२
0

रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार...

पुरा पढ्नुहोस्
किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण
समाचार

किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण

संवादाताः हाम्रो प्रहार
पुस २५, २०८२
0

काठमाण्डौँ- बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था किवानिज क्लब अफ समर्पण नेपालले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा रहेको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper