Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

विपीको सम्झनामा पार्टी कार्यालय परिसरमा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
साउन १३, २०७८

प्रहार खबर– नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३९औंँ स्मृति दिवसमा निर्माणाधिन विपी स्मृति भवन मन्थलीको परिसरमा वृक्षारोपण गरिएको छ । २०३९ साउन ६ गते निधान भएका कोइरालाको सम्झनामा रामेछाप काँग्रेसले यस अघि विभिन्न कार्यक्रम गरेर विपी स्मृति दिवस मनाउँदै आएको थिय । यस वर्ष भने रामेछाप काँग्रेसले निर्माणाधिन विपि स्मृति भवन मन्थलीको परिसरमा वृक्षारोपण विपीलाई सम्झेको हो । नेपाली काँग्रेस रामेछापका पार्टी सभापति लवश्री न्यौपानेले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत रहेका कोइरालाले जहानियाँ राण शासनको विरुद्धमा लड्दा देखि उनले नेपाललाई अहिलेको अवस्था सम्ममा ल्याउन महत्वपूर्ण योगदान पु¥याएको बताउँदै अहिले पनि मुलुक विपीकै रोडम्यापमा अगाडि बढेको बताए ।

फरक प्रसंगमा निर्माणाधिन विपी स्मृति भवन बनाउन सहयोग गरीरहेका नेपाली काँग्रेसका नेता कार्यकर्ता देखि विभिन्न निकायहरुलाई धन्यबाद दिँदै सभापति न्यौपानेले पार्टी कार्यालय सबैको सम्पत्ती भएकाले तेरो मेरो नभनीकन सहयोग गर्न आग्रह गरे । नेपाली काँग्रेसका संस्थापक नेता विपीलाई सम्झदै नेपाली काँग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले निर्माणाधिन विपी स्मृति भवनले काँग्रेसको मिलन केन्द्र हुने बताए । नेपाली काँग्रेस रामेछापलाई थप बलियो बनाउन भौतिक संरचनाले पनि उतिकै सहयोग गर्ने भएकाले विभिन्न अवरोहकाबीच पनि विपी स्मृति भवनलाई अहिलेको अवस्थामा आउनु ठूलो उपलब्धी भएको सचिव कार्कीको भनाई रहेको छ । त्यस्तै विपी स्मृती भवन निर्माणको लागि हाल सम्म ८९ लाख २५ हजार ७ सय दुई रुपैया खर्च भएको पार्टी कोषाध्यक्ष कुमार श्रेष्ठले बताए । यो रकम विभिन्न व्यक्तिहरुले दिएको निर्माण सामग्री बाहेकको भएको कोषाध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठका अनुसार हाल सम्म पार्टी कार्यालय निर्माणको लागि करिव ६७ लाख सहयोग प्राप्त भएको छ भने हाल सम्म सम्पन्न भएको कामको करिव २१ लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको छ ।

त्यस्तै नेपाली काँग्रेस महासमिति सदस्य द्वोय कान्छाराम तामाङ र धुब्र लामाले विपी कोइरालाले वर्तमान नेपाल निर्माणको खेलेको भूमिकाको चर्चा गर्दै काँग्रेसले विपीको विचारलाई आत्मसात गर्दै नेपाली काँग्रेस भविष्यमा एक ढिक्का भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।

नेपाली काँग्रेस रामेछापबाट गत प्रतिनिधिसभाको निर्वाचनको प्रत्यासी समेत रहेका काँग्रेस नेता कान्छाराम तामाङले रामेछापको विपी स्मृती भवन बनाउन यस अघि नै सहयोग गर्छु भनेर उद्घोष गरे अनुसार २२ लाख २२ हजार २ सय २२ रुपैयाँ बराबरको काम सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले विपी स्मृत भवनको आगनमा प्रयोग गरिने टायल समेत छुट्टै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रहार खबर साप्ताहिकमा साउन १० गते आइतबार प्रकाशित

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper