Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

गाउँपालिका उपाध्यक्ष सहित गुम्देलका ५९ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन

संवादाताः हाम्रो प्रहार
जेष्ठ ३, २०७८

रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका स्थानीय जनप्रतिनिधि सहित ६ जनामा कोरोना पुष्टि भएपछि उनिहरुको सम्पर्कमा आएका र कोरोनाको लक्ष्यणसँग मिल्दोजुल्दो लक्ष्यण भएकाहरुको कोरोना परीक्षणको लागि ५९ जनाको स्वाब संकलन गरिएको छ । उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला कार्कीको नेतृत्वमा गाउँपालिकाबाट गएको स्वास्थ्यकर्मीहरुको टोलीले उपाध्यक्ष कार्की सहित ५९ जना स्थानीयको पिसिआर परीक्षणको लागि आइतबार स्वाब संकलन गरिएको हो ।

वडा नं १ का जनप्रतिनिधि सहित ६ जनामा कोरोना पुष्टि भएपछि गाउँमा कोरोना फैलिन सक्ने सम्भाना बढ्दै गएकाले कोरोनालाई नियन्त्रण गर्नको लागि गाउँपालिकाले गुम्देल स्वास्थ्य केन्द्रमा आफू सहित ५९ जना स्थानीयको स्वाब संकलन गरी परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेल पठाएको उपाध्यक्ष कार्कीले बताइन् । उपाध्यक्ष कार्कीले भनिन्– ‘केहि दिन अघि मात्रै वडा नं १ का वडाध्यक्ष सहित ६ जना व्यक्तिलाई कोरोना पुष्टि भयो । त्यसपछि यहाँ अन्य व्यक्तिहरुलाई समेत कोरोना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गाउँमै आएर मेरो सहित स्थानीयहरुको स्वाब संकलन गरिएको छ । स्वाब संकलन गरे परीक्षणको लागि स्वास्थ्य कार्यालय रामेछापको समन्वयमा धुलिखेल पठाएको छ ।’

स्वाब संकलन गरिएका सबैलाई रिपोर्ट नआए सम्म एक अर्कासँग सम्पर्कमा नआउन अनुरोध गर्दै घर भित्रै बस्न अनुरोध गरिएको उपाध्यक्ष कार्कीले बताइन् । कोरोना महामारीबाट बच्नको लागि सरकारले जारी गरेका मापदण्ड पुरा गर्न अनुरोध गर्दै केही समय घर भित्रै सुरक्षितसँग बस्न समेत उपाध्यक्ष कार्कीले अनुरोध गरिन् ।

जिल्लाका विभिन्न ठाउँबाट यस अघि पठाइएका धेरै स्वाबको रिपोर्ट आउन बाँकी भएकाले आइतबार गुम्देलबाट संकलन गरी पठाएका स्वाबको रिपोर्ट आउन केही ढिला हुने स्वास्थ्य कार्यालय रामेछापले बताएको छ ।

गुम्देलमा भिडभाड नहुने ठाउँ भएपनि निर्माणाधिन हाइड्रोपावरमा आवत जावत गर्ने मानिसहरु वा केही समय अघि गाउँमा भएको विवाहमा मानिसमा जमघट भएको कारण कोरोना संक्रमण फैलिएको हुन सक्ने श्रोतको दावी छ ।

Related Posts

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper