रामेछाप- रामेछापमा गएको २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार रामेछापको विभिन्न ठाउँबाट संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेल पठाएको २२ जना मध्ये बुधबार १४ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ ।
कोरोना भाइरस पुष्टि हुनेमा तामाकोशी अस्पतालमा उपचाररत ८ जना विरामी, जिल्ला अस्पातल रामेछापमा कार्यरत एक महिला स्वास्थ्यकर्मी र विभिन्न आरोपमा प्रहरी हिरासतमा रहेका पाँच जना रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए ।
गएको २४ घण्टामा १४ जना नयाँ संक्रमित थपिएसँगै रामेछाप जिल्लामा २६ जना कोरोना संक्रमित व्यक्ति संक्रिय रहेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्