रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिकाका ९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । केही दिन अघि एक जना बालकमा कोरोना पुष्टि भएपछि शुक्रबार १६ जनाको (कन्ट्रयाक ट्रेसिङ) स्वाब संकलन गरी धुलिखेल पठाइएका भध्ये ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ ।
कोरोना भाइरस पुष्टि हुनेमा ५ जना पुरुष र ४ जना महिला रहेका छन् । कोरोना पुष्टि हुनेमा ४ जना विद्यार्थी र २ जना शिक्षक समेत रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए । उनका अनुसार अहिले उनिहरु सबै आफ्नै घरमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्