Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home अर्थ

नवजागरण बचतको सेवा आफ्नै भवनबाट

संवादाताः हाम्रो प्रहार
बैशाख ११, २०७८

रामेछाप– नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड आफ्नै भवनबाट सेवा दिने गरी नयाँ निर्मित भवनमा सरेको छ । आफ्नै लगानीमा निर्माण गरेको अत्याधुनिक सुविधा सम्पन्न भवनबाटै सेवा दिने गरी शानीबर नयाँ भवनमा सरेको हो ।

एक करोड ८१ लाख ७९ हजार ३९ रुपैयाँको लागतमा बनेको नयाँ भवनको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले गरेका छन् । सहकारी भवनको उद्घाटन गर्दै मन्त्री ढुंगेलले नेपालको आर्थिक समृद्धीमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताउँदै सहकारी बिना देशको अर्थतन्त्र लंगडो हुने धाराण राखे । मन्त्री ढुंगेलले रामेछाप जिल्लामा नवजागरणले अहिलेको प्रविधियुक्त समयानुसार अत्याधुनिक भवनबाट आफ्ना शेयर सदस्यलाई सेवा दिने गरी भवन बनाएर आर्थिक कारोबार सुरु गर्नु सकरात्मक भएकाले यो अभ्यासले सहकारीको आर्थिक पारदर्शितासँगै सहकारी प्रति शेयर सदस्यहरुको विश्वास बढ्दै जाने बताए । प्रदेश सरकारले सहकारीलाई थप व्यवस्थित बनाउने योजना रहेको पनि मन्त्री ढुंगेलले बताए ।

फरक प्रसंगमा मन्त्री ढुंगेलले आफू बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री भएपछि रामेछापमा धेरै विकास भएको दावी गरे । वर्षौ सम्म पनि संभन नहुने ठूला–ठूला सडक आयोजनाहरु आफू मन्त्री भएकै कारण बनाउन सकिएको उनको भनाई रहेको छ ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिब जीवशराज खड्काले बागमती प्रदेशमा रहेका सहकारीहरुलाई सरकारले सहयोग नगर्दा सहकारीहरुले भने अनुसारको काम गर्न नसकेको बताए । नेफ्सकुनका केद्रिय सदस्य समेत रहेका खड्काले पछिल्लो समयमा सहकारी संस्थाहरुले आफ्नो उद्देश्य भन्दा बाहिरा रहेर आर्थिक गतिविधि गर्दै गएको बताउँदै त्यसलाई नियन्त्रण गर्न सकेन भने सहकारीमा बिकृति भित्रने चिन्ता व्यक्त गरे ।

कार्यक्रममा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे, जिल्ला युवा परिषद्का अध्यक्ष प्रकाश कुमार कार्की, मन्थली माविका प्रधानाध्यापक टंक दाहाल, नवजागरण बचतका लेखा सुपरिवेक्षक समितिका संयोजक तारानिधि सुवेदी, शेयर सदस्य राजेश श्रेष्ठ लगायतले आ–आफ्नो भनाई राखेका छन् ।

संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षमा भएको कार्यक्रममा संस्था स्थापना देखि हाल सम्म सहकारीले गरेका क्रियाकलपको बारेमा जानकारी समेत गराइएको थियो ।

२०५५ सालमा स्थापना भएको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले अहिले करिव ५० करोडको हाराहारीमा आर्थिक कारोवार गर्दै आएको छ भने करिव ८ हजार  शेयर सदस्यले सहकारीबाट सेवा लिइरहेका छन् ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper