Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

रामेछाप नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, १३ विद्यालय सहभागी

संवादाताः हाम्रो प्रहार
बैशाख ३, २०७८

युवराज सुवेदी, रामेछाप– रामेछाप नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगर भित्रका म्याध्यमिक विद्यालयका छात्र छात्राहरुले सहभागिता जनाउन पाउने प्रतियोगिता शुक्रबार देखि सुरु भएको हो । तीन दिन सम्म चल्ने प्रतियोगिताको उद्घाटन रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख नर बहादुर थापामगरले आफूहरु निर्वाचित भएर आए देखि नै संचालन गर्दै आएको राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीहरुमा खेलकुद मोह बढ्दै गएको बताए । सबै वडा सहभागि हुन पाउने प्रतियोगिताले नगर भित्र भएका खेलाडीहरुको क्षमता पहिचान हुनुको साथै नगरको खेलकुद विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख थापामगरले खेलकुद विकासका लागि नगरले अभियान कै रुपमा चलाएको एक वडा एक खेल मैदन निर्माणले विगतको भन्दा यस वर्ष खेलकुदमा धेरै सुधार भएको दावी गरे ।

कार्यक्रमका विशिष्ट अतिथि एवं रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले नगर भित्रका म्याध्यमिक तहका सबै विद्यालयका छात्र छात्राले विभिन्न खेलमा भाग लिन पाउने भएकाले आन्तरिक रुपमा प्रतिस्पर्धा गरेर शक्तिशाली टिम छनौट गरेर बाह्य पालिका वा बाह्य जिल्लामा खुल्ला प्रतिस्पर्धामा भाग लिन राष्ट्रपति रनिङ शिल्डले सहयोग पुग्ने बताइन् । खेलकुदले सबै खेलाडीलाई अनुशासनको परिधिमा बाध्ने भएकाले खेल अवाधि भर अनुशासित भएर आफ्नो खेल प्रर्दशन गरे त्यसले प्रत्येक खेलाडीको भविष्य राम्रो हुने उपप्रमुख खड्काको भनाई रहेको छ ।

यस अघि २०७७ चैत्र १९ गते बाट संचालन हुने भनिएको भएपनि कोरोना भाइरसका कारण स्थगित भएको प्रतियोगिता शुक्रबार देखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सुरु गरिएको रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताए ।

भलिबल, कबड्डी, सर्टफुट, दौड, ज्याबलिङ थ्रो लगायतका खेलहरु हुने प्रितयाेगिताको सुरुवात नगर प्रमुख नर बहादुर थापामगर र उपप्रमुख सृजना खड्काले ज्याबलिङ थ्रो खेल खेलेर सुरुवात गरेका छन्।

Related Posts

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)
समाचार

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २१, २०८२
0

चर्चित गायिका रीता केसीले हालै मात्र म हरायकी हुँ त्यो शहरबाट नामको गजल गीत बजारमा ल्याएकी छिन । सांगितिक क्षेत्रमा...

पुरा पढ्नुहोस्
गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)
समाचार

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २०, २०८२
0

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक सार्वजनिक भएको छ । एनआर क्रेशनले रेग्मीको नयाँ गीत बजारमा...

पुरा पढ्नुहोस्
७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद

७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

संवादाताः रामचन्द्र वि.क.
कार्तिक १८, २०८२
0

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper