Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सगरमाथा र ल्होत्से आरोहणको यात्रामा बमकाजी

संवादाताः हाम्रो प्रहार
चैत्र ३१, २०७७

जीवनमा एक पटक जसरी पनि सगरमाथा चढ्न पाए हुन्थ्यो भन्ने प्रायः हरेक नेपालीको मनमा आउन सक्छ । संसारको अग्लो चुचुरोमा पाईला टेक्ने रहर नहुने को होला र ? तर, यो सपना विभिन्न कारणले सबैको पूरा हुदैन । जीवनमा एकपटक सगरमाथा पुग्न र त्यसको अनुभव गर्नु आफैमा एक ठुलो उपलब्धि र साहासिक कार्य हो । मानिसलाई सफल हुन विभिन्न विकल्प र बाटाहरु मध्ये यो एक फरक र रोमाञ्चकारी तथा सधैँ स्मरण रहने कार्य पनि हो । यी सबै सपना पूरा गर्ने लक्ष्य राखेर हाल जिल्ला निर्वाचन कार्यालय रामेछापमा कार्यरत रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालिका वडा नं १० का बम बहादुर सिर्पाली सगरमाथा र ल्होत्से हिमाल आरोहण गर्न ५० दिनको यात्रा तय गरेर काठमाण्डौबाट लुक्ला तर्फ लागेको छन् ।

उनले यात्रामा निस्कनु भन्दा पहिला आफ्नो भाव यसरी व्यक्त गरेका छन्– ‘म एक सामान्य परिवारको व्यक्ति र निजामती कर्मचारीको हैसियतमा आफ्नो र आफ्नो समुदायको पहिचान तथा हौसला बुलन्द गर्दै निजामती कर्मचारीको प्रतिनिधिको रूपमा सगरमाथाको शिरमा राष्ट्रिय झन्डा फरफराई सुख, समृद्धि र शान्तिको सन्देश दिने चाहान भएकोले एक व्यक्तिको रूपमा प्रयास गरेको छु । “हामी पनि सक्छौं” भन्ने मुल नारालाई शिरोधार्य गर्दै  यो अभियानमा जुटेको छु । विभिन्न किसिमका कृतिमानहरू कायम गर्ने र प्रतिस्पर्धा मार्फत पर्यटक भित्र्याउने र निजामती कर्मचारीका अनुभवका आधारमा आउँदो पुस्ताका लागि योगदान पुगोस भन्ने उदेश्यले एक फरक सोंचका साथ मार्गप्रस्त गर्न तथा आफ्ना अनुभवहरूले अरूलाई सहज गराउन योगदान पुग्नेछ र निजामती कर्मचारीको रूपमा मेरो सानै देखिको जीवनको एक मात्र विशेष लक्ष्य हासिल गर्न हौसला मिल्ने छ भन्ने अभिप्रायले सम्पूर्ण देश भक्त नेपाली र निजामती कर्मचारीको प्रतिनिधित्व गर्दै सम्पुर्ण रूकुम जिल्ला, कर्णाली प्रदेश तथा राष्ट्रकै प्रतिनिधित्व गर्दै जीवनमा पहिलो प्रयास गर्ने हेतुले यो अभियानमा लागेको छु । यो मेरो प्रयासमा सबैको प्रेरणा, माया, साथ, सहयोग र हौसला रहने छ भन्ने अभिप्रायले निजामती कर्मचारीका तर्फबाट झण्डा सगरमाथाको शिरमा फहराउने प्रबल ईच्छाका साथ केबल राष्ट्र र जनताका पक्षमा नेपाल र नेपालीलाई फाइदा पुग्ने र एक छुट्टै पहिचान तथा सन्देश दिन साथै पर्यटन प्रबर्द्धनमा पनि रुकुम जिल्ला, कर्णाली प्रदेश समग्रमा नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुग्ने बिश्वासका साथ आरोहणको यात्रा तय गरेको छु ।’

करिव ५० दिनको यात्रामा सिर्पालीले विश्वको सर्वोच्च शिखर ८ हजार ८ सय ४८.८६ मिटर अग्लो सगरमाथाको सफल आरोहण गरेर विश्वकै चौथो अग्लो अर्को ८ हजार ५ यस ११ मिटर ल्होत्से हिमालको पनि आरोहण गर्ने लक्ष्य राखेका छन् ।

सिर्पालीले सगरमाथा आरोहणको तयारीका लागि सन् २०१९ मा गोरखामा रहेको मनास्लु हिमालको (निजामति कर्मचारीको तर्फबाट पहिलो पटक) सफल आरोहण गरीसकेका छन् ।

बमकाजी सिर्पाली (बम बहादुर वि.क.) हाल जिल्ला निर्वाचन कार्यालय रामेछापमा कार्यरत छन् ।

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper