Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home स्थानीय सरकार

रामेछाप नगरपालिकाको ८ महिनाको पुँजीगत खर्च ३२ प्रतिशत मात्रै

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ चैत्र २८

युवराज सुवेदी, रामेछाप– रामेछाप नगरपालिकामा चालु आर्थिक वर्षको ८ महिनामा पुँजीगत खर्च ३२.१९ प्रतिशत मात्रै भएको छ । नगरपालिकाले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा चालु आर्थिक वर्षको दुई चौमासिकमा भएको भौतिक तथा वित्तिय प्रगति विवरण सर्वाजनिक गर्ने क्रममा पुँजीगत अर्थात विकास खर्च ३२.१९ प्रतिशत मात्रै भएको बताएको हो ।

पुँजीगत खर्चको तुलनामा चालु खर्च भने जम्म बजेटको आधा भन्द बढी ५५.६५ प्रतिशत खर्च भएको छ । यसरी चालु खर्च र पुँजीगत खर्च गरेर चालु आर्थिक वर्षका लागि विनियोजित कुल वजेटको ४६.४२ प्रतिशत खर्च भएको छ ।

हाम्रो प्रहार डटकम

चालु आर्थिक वर्ष समाप्त हुन ४ महिना मात्रै बाँकी हुँदा अपेक्षा गरे भन्दा कम खर्च हुनुमा कोरोना भाइरस लगायतका कारण रहेको रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लागमदेले बताए ।

रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाको वडा कार्यालयमा गरिएको सार्वजनिक सुनुवाइमा नगर प्रमुख नर बहादुर थापामगर, उपप्रमुख सृजना खड्का, वडा नं १ र २ का वडाध्यक्ष बाहेक वडा नं ३ देखि ९ नं सम्मका वडाध्यक्षहरु र विषय गत शाखाका प्रमुखहरु बक्ताको रुपमा रहेका थिए । सार्वजनिक सुनुवाइमा स्थानीयले नगरबाट विनियोजित बजेट अनुसार कृषि शाखा, शहकारी उपशाखा, शिक्षा शाखा र स्वास्थ्य शाखा प्रवाह भइरहेका सेवाका बारेमा प्रश्न गरेका थिए । प्रश्नकर्ताले राखेका प्रश्नको जवाफ नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष लगायत विषयगत शाखाका प्रमुखहरुले दिएका छन् ।

कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले समृद्ध नगरपालिका बनाउने रणनीतिक योजना अनुसार अगाडी बढीरहेको अवस्थामा कोरोना भाइरसका कारण धेरै जसो योजनाहरु निर्माणाधिन अवस्था मै रोकिएको बताए बताए । आफूहरु निर्वाचित भएर आएपछि नगरभित्र विकासका पूर्वधारहरु तयार गर्न सफल भएको बताउँदै त्यसलाई आफूहरुकै कार्यकालमा सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए । शिक्षा, स्वास्थ्य, खानेपानी, विकासका पूर्वधार लागयतका काम रणनीतिक योजना अनुसार अगाडी बढीरहेकाले त्यसलाई समय मै सम्पन्न गर्न सबै स्थानीयले पनि साथ दिनु पर्ने नगर प्रमुखको धाराण रहेको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख सृजना खड्काले नगरपालिकाबाट प्रवाह भइरहेका सेवा प्रभावकारिताको विषयमा कतै त्रृटि भए नागरिकले खबरदारी गर्नु पर्ने बताइन् । समग्र नगरको विकासको लागि नगरमा भएको श्रोतलाई समानुपातिक पद्धतीबाट वितरण गर्दै आवश्यकताको आधारमा विकास हुँदै जाने उपप्रखु खड्काको धाराण रहेको छ । नगर भित्र रहेर काम गर्ने ६० वर्ष नाघेका स्वास्थ्य स्वयमसेविकाहरुले आफूहरुले गाउँ गाउँ रहेर दिएको योगदानको बारेमा नगरपालिकाले उचित सम्मान नगरी बिदा गर्न लागेको भन्ने गुनासो स्वयमसेविकाहरुले राखे पछि जवाफ दिदै उपप्रमुख खड्काले नगरपालिकाको श्रोत साधानले भ्याए कार्यपालिकाको बैठक बसेर थप गर्न सकिने बताइन् ।

कार्यक्रममा नेकपा एमाले रामेछापका नगर अध्यक्ष डेक बहादुर तामाङ, नेपाली कांग्रेस रामेछाप नगरपालिकाका नगर सभापति कमल विक्रम कार्की, नेकपा माओवादी केन्द्र रामेछाप नगरका अध्यक्ष मोतीलाल तामाङ, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगयातले नगरपालिकाबाट चालु आर्थिक वर्षको ८ महिनामा भएका विकास निर्माण देखि नगरबाट प्रवाह भएका सेवाको बारेमा आ–आफ्नो भनाई राखेका थिए ।

यस्तो छ नगरपालिकाको ८ महिनाको प्रगति विवरणः

१
२
३
४

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper