रामेछाप– मस्तिस्कघातपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
अस्पतालले आज बिहान ७ बजे जारी गरेको विज्ञप्तिमा भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार भइरहेको र उनको अहिलेको अवस्था गम्भीर रहेको बताइएको छ ।
फागुन १४ गते भर्ना भएका जोशीको स्वास्थ्य केही दिनपछि सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको र पुनः विग्रिएपछि भेन्टिलेटरमै राखिएको थियो ।
(कांग्रेस नेता नवीन्द्रराज जोशीबारे यसअघि नेपाली काँग्रेस रामेछापका प्रवक्ता नारायण बहादुर खड्का र सचिव विष्णु बस्नेतले आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा जोशीको निधान भएको भन्ने स्रोतलाई आधार मानेर प्रकाशित समाचार हटाइएको छ । यसबाट पाठकवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दछौं र आगामी दिनमा यस्तो गल्ति नदोरिने प्रतिवद्धता जनाउँछौ– प्रधानसम्पादक)
आफ्नो प्रतिकृया दिनुहोस्