Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

नेपाल समूहले बोलाएको राष्ट्रिय भेला विधान विपरित भएको रामेछाप एमालेको दावी, सहभागी नहुन आग्रह

संवादाताः हाम्रो प्रहार
चैत्र ३, २०७७

रामेछाप– नेकपा एमाले माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेलाको नेकपा एमाले ओली समूह रामेछापले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । मंगलबार सदरमुकाम मन्थली स्थित नेकपा एकाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन मार्फत पार्टीको विधि र विधान विपरित गुटगत भेलाको आयोजना गरेर पार्टीलाई कमजोर बनाउने खेलमा उक्त समूह लागेको भन्दै भेलामा सहभागी नहुन नुरोध गरेको छ ।

नेकपा एमाले रामेछापले एक अपिल जारी गर्दै नेकपा एमाले केन्द्रिय कमिटिको नामको दुरुपयोग गरी २०७७ चैत्र ४ र ५ गते काठमाण्डौमा आयोजना गरिएको भनिएको कथित राष्ट्रिय भेलामा सहभागी हुन भनि नेकपा एमाले रामेछापसँग आवद्ध नेता, कार्यकर्ता तगा सदस्यहरुलाई विभिन्न माध्यमबाट झुटा सूचना जारी गरिएको प्रति नेकपा एमाले जिल्ला संगठन कमिटिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा एमाले अध्यक्ष आनन्द कुमार श्रेष्ठ र सचिव पुरुषोत्तम कडरियाद्वारा हस्तक्षरित अपिल पत्रमा लेखिएको छ– ‘काठमाण्डौमा आयोजना गरिएको भनिएको कथित भेला र बैठकहरु आम कार्यकर्ताहरुको रगत र परिनाबाट निर्माण भएको प्राण भन्दा प्यारो पार्टी नेकपा एमालेलाई कमजोर बनाउने, बिभाजन गर्न तर्फ सहयोग पु¥याउने कुत्सित मनसायले गरिएको होकि भन्ने गम्भिर आशंका पैदा गरेको छ ।’

एउटा गुटले गर्न लागेको भेलामा नेकपा एमाले रामेछापसँग सम्बन्धित सम्पूर्ण पार्टी सदस्यहरुलाई उक्त भेलामा सहभागि नहुन अनुरोध समेत गरेको छ । विधि र विधान विपरित गुटगत भेलाको आयोजना गरेको हुँदा यदि त्यो भेलामा नेकपा एमालेका संगठति नेताहरुले सहभागिता जनाएको पाइएमा पार्टीले कारबाही गर्ने अध्यक्ष आनन्द कुमार श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए ।

अध्यक्ष केपी ओलीले बालुवाटारमा आफ्नो समूहको बैठक राखेर अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने निर्णय गरे लगत्तै एमाले नेपाल समूहले शुक्रबार साँझ नयाँबानेश्वरस्थित एक होटलमा बैठक राखेर चैत ४ र ५ गते राष्ट्रिय भेलाको आयोजना गर्ने बताएको थियो ।

यस्तो छ अपिल पत्र

Related Posts

रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित
राजनीति

रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित

संवादाताः हाम्रो प्रहार
फाल्गुन २४, २०८२
0

रामेछाप- रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरी बुढाथोकी निर्वाचित भएका छन् । २४ हजार ८ सय ८ मत प्राप्त...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
संजय बुढाथोकीको संयोजकत्वमा ८ सय १ जनाको समिति
समाचार

संजय बुढाथोकीको संयोजकत्वमा ८ सय १ जनाको समिति

संवादाताः हाम्रो प्रहार
फाल्गुन ९, २०८२
0

रामेछाप- नेपाली काँग्रेस  रामेछापले पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउन गठन गरेको बिशेष युवा परिचालन समितिले जिल्लाका ६४ ओटै वडाका...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper