Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

सुकाजोरमा तरुणदलको वडा इकाई गठन, राउतको अध्यक्षतामा ५१ सदस्यिय समिति

संवादाताः हाम्रो प्रहार
चैत्र २, २०७७

रामेछाप– रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा नेपाल तरुण दलको वडा इकाई गठन भएको छ । नेपाल तरुण दल रामेछाप नगरपालिकाको नगर अध्यक्ष सन्तोष कुमार तामाङको अध्यक्षतामा सोमबार भएको कार्यक्रममा गोविन्द राउतको अध्यक्षतामा ५१ सदस्यिय वडा इकाई समिति गठन भएको हो ।

समितिको अन्य पदाधिकारीमा क्रमशः बरिष्ठ उपाध्यक्षमा निरज मगर, उपाध्यक्षमा सत्य बस्नेत, सचिवमा गंगा तामाङ, सहसचिवमा विक्रम हायु र संजिव राई हायु तथा कोषाध्यक्षमा पुजा बस्नेत चयन भएका छन् । बरिष्ठ उपाध्यक्ष निरज मगर र सचिव गंगा तामाङ नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेर तरुणदलको समितिमा सहभागीता जनाएका हुन् । उनिहरु नेकपा एमालेमा सक्रिय रहेका थिए ।

त्यस्तै सदस्यहरुमा क्रमशः विपिन तामाङ, महेन्द्र मगर, सुसन मगर, राजु साइ, अमित आलेमगर, टेक बहादुर तामाङ, लक्ष्मण तामाङ, ओम बहादुर तामाङ, भिम बहादुर तामाङ, केशव कार्की, विनोद कार्की, निरोज बस्नेत, सन्तोष हायु, भक्त बहादुर तामाङ, सचिन महतारा, चिरञ्जिवी बस्नेत, नइन्द्र हायु, समशेर मगर, चित्र बहादुर मगर, किस्न बहादुर बस्नेत, रामकुमार बस्नेत, पुस्प बस्नेत, हिरा हायु, चित्र बहादुर तामाङ, हरिशचन्द्र राय, सम्बर बहादुर मगर, रमेश कार्की, नबराज खड्का, मनिष राउत, धुब्र बस्नेत, प्रेम बहादुर हायु, मनिषा कार्की, सुनिता कार्की, रोजिना कार्की, कैलाश कार्की, कमल भुजेल, राजेश थापामगर, उर्मिला कार्की, राजिव तामाङ, छिरिङ तामाङ, सिरिमान तामाङ, मोती तामाङ, निराजन तामाङ, अम्बर बहादुर थापा र केशर हायु रहेका छन् । समितिका पदाधिकारी र कार्यसमिति सदस्य सबै निर्विरोध चयन गरिएको नेपाल तरुण दल रामेछाप नगर सचिव रामकुमार कार्कीले जानकारी दिए ।

वडा इकाई गठन कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रामेछाप प्रदेशसभा ‘क’ का सदस्य गुञ्ज बहादुर कार्कीले बाम एकताको नाटक गरेर कम्युनिस्टहरुले झण्डै दुई तिहाइको हाराहारीमा प्राप्त गरेको मतको अपमान गर्दै जनताबाट भाग्न खोजेको आरोप लगाउँदै कम्युनिस्टबाट देशको विकास कुनै हालतमा हुन नसक्ने बताए । विगतमा देशलाई अफ्टेरो पर्दा काँग्रेसले नेतृत्व गरेर देशलाई सही दिशामा लगेको इतिहास स्मरण गर्दै सदस्य कार्कीले कम्युनिस्टकै कारण देशमा आएको अहिलेको संकटबाट देशलाई सही बाटोमा लैजनको लागि नेपाली काँग्रेसले नेतृत्व लिनु पर्ने धाराण राखे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कार्कीले सुकाजोरमा गठित तरुण वडा इकाई समितिका पदाधिकारी र सदस्यलाई बधाई दिदै अनुशासित र मर्यादित भएर पार्टीको संगठन विस्तारसँगै सामाजिक कार्यमा लाग्न अनुरोध गरे ।

नेपाली काँग्रेस रामेछाप नगरपालिकाका नगर सचिव एवं वडा नं ७ सुकाजोरका वडाध्यक्ष समिर कार्कीले वडामा बनेको तरुणको नयाँ समितिलाई बधाई दिदै युवा बिना वडा नगर देखि देशको विकास नहुन बताउँदै समग्र विकासमा युवाहरु लाग्नु पर्ने बताए । गाउँ समाजमा हुने काम देखि पार्टीका विभिन्न संगठनमा हुने काम हतारमा गर्दा वा अरु कसैको उक्सावटमा लागेर गर्दा त्यसले राम्रो परिणाम नदिने हुँदा युवाहरुले हरेक काम सोचर मात्रै गर्नु पर्नेमा जोड दिए । कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका सचिव कार्कीले तरुणको सांगठनिक काम देखि युवाहरुको हरेक समस्यामा काँग्रेस नगर समितिले सधैं सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमको अध्यक्ष एवं नेपाल तरुण दल रामेछाप नगर समितिका अध्यक्ष सन्तोष कुमार तामाङले नेपाली काँग्रेसको विभिन्न संगठन मध्ये नेपाल तरुणदल पार्टीको मेरुदण्ड जस्तै भएकाले तरुण युवाहरु सशसक्त भएर लाग्नु पर्ने बताए । अहिलेको अवस्थामा हरेक ठाउँमा युवाहरुको नेतृत्व आवश्यक रहेको भन्दै पार्टीको संगठन देखि देश विकासका हरेक गतिविधिमा युवाहरुले हस्तक्षप गर्दै देशलाई नयाँ दिशा तर्फ लैजन भूमिका खेल्नु पर्ने धाराण राखे ।

नेपाल तरुण दल रामेछाप नगरपालिकाको नगर अध्यक्ष सन्तोष कुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रममा तरुण दल रामेछाप नगरका सदस्य एवं वडा नं ८ का वडा सदस्य कल्यान बुढाथोकीले स्वागत मन्तब्य राखेका थिए ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित
राजनीति

रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित

संवादाताः हाम्रो प्रहार
फाल्गुन २४, २०८२
0

रामेछाप- रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरी बुढाथोकी निर्वाचित भएका छन् । २४ हजार ८ सय ८ मत प्राप्त...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper