Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजनाले सार्वजनिक सम्पत्ति ध्वस्त पारेको आरोप

संवादाताः हाम्रो प्रहार
चैत्र १, २०७७

रामेछाप– लामो समय पछि निर्माण कार्य सुरु भएको सेलेघाट–साँघुटार जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजनाले सार्वजनिक सम्पत्ति ध्वस्त पार्ने देखि सडक आसपासका नागरिकलाई बेवास्ता गर्दै काम अगाडि बढाएको स्थानीयले आरोप लगाएका छन् । रामेछाप नगरपालिका वडा नं २ देउरालीका वडा सदस्य सहित आयोजनाबाट प्रभावित भएका स्थानीयले आइतबार पत्रकार सम्मेलन गरी आयोजनाले सार्वजनिक सम्पत्ति ध्वस्त पार्ने देखि स्थानीयसँगको यस अघिको सम्झौता विपरित व्यक्तिको नीजि सम्पत्तिलाई समेत ध्वस्त पारेर काम अगाडि बढाएको आरोप लगाएका हुन् ।

आयोजनाले सार्वजनिक देखि व्यक्तिको नीजि सम्पत्तिलाई समेत क्षति पुर्‍याएर काम अगाडी बढाएको र त्यस्ता क्षति हुने कार्य तत्काल रोकेर स्थानीयसँग समन्वय गरेर अगाडी बढ्न अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अघि पत्रकार सम्मेलन मार्फत आयोजना स्थलको बस्तुस्थितिको बारेमा स्थानीयले जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा रामेछाप नगरपालिका वडा नं २ देउरालीका वडा सदस्य समेत रहेका सुशिलहरी बख्रेलले आयोजनाले स्थानीय सम्पदाको रुपमा रहेका पुराना बरपिपल, चौतारा, ढुंगेधारा, पानी कुवा, सडक बिस्तार क्षेत्र आसपास रहेका धार्मिक स्थल लगायतका संरचनामा क्षति पुर्‍याएको बताए । त्यस्तै मानिस हिड्ने गोरेटो बाटो भत्काइएको, पानीका कुलो पुरिएको, मानिसको घरलाई जोखिम बनाएर सडक बिस्तार गरिएको, खेतीयोग्य जमिनमा माटो थुपार्ने जस्ता काम आयोजनाले लापरवाही तरिकाले गरेको उनले आरोप लगाए । त्यस्तै देउरालीका अर्का स्थानीय राम बहादुर बुढाथोकीले सडक बिस्तार क्षेत्रमा बसोबास गर्ने स्थानीयको स्वास्थ्यलाई समेत असर पर्ने गरी धुलो उडाएर काम भइरहेको बताए । उनले सडक बिस्तारको क्रममा निर्माण कम्पनी र आयोजनाको तर्फबाट निर्माण क्षेत्रमा बस्ने प्रतिनिधिहरुले स्थानीयसँग समन्वय नगर्दा आवश्यक भन्दा बढी क्षति भएको बताए ।

पत्रकार सम्मेलनमा रामेछाप नगरपालिका वडा नं २ देउरालीका सरोज श्रेष्ठ र वडा नं ३ साँघुटारका युवराज सुवेदीले स्थानीयसँग समन्वय नगरी काम गरिदा आयोजना स्थलमा भएको क्षतिलाई तत्काल नरोके स्थानीयले सडक बिस्तारको कार्यलाई अवरुद्ध गरेर काम ठप्प पार्ने चेतावनी दिएका छन् ।

प्रभावित क्षेत्रका स्थानीयले पत्रकार सम्मेलन पश्चात प्रमुख जिल्ला अधिकारीलाई उक्त आयोजनाले आयोजना स्थलमा पुर्‍याएको क्षतिलाई तत्काल रोक्न अनुरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्र बुझाउँदै स्थानीय सुशिलहरी बख्रेलले प्रमुख जिल्ला अधिकारीलाई आयोजनाले देखाएको दादागिरी तत्काल रोकिदिन अनुरोध गरेका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले ध्यानाकर्षण पत्रमा उल्लेख भएका विषयलाई मध्यनजर गर्दै आयोजना, निर्माण कम्पनी र स्थानीय सहितलाई राखेर छलफल गरी समस्याको समधान गर्ने बताए ।

उता सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजनामा कार्यरत आवसिय इन्जिनियर सुर्य प्रसाद ढकालले पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख भए जस्तो सबै समस्या आयोजना स्थलमा नरहेको दावी गरे । प्राविधिक प्रतिवेदन अनुसार काम अगाडी बढाइएको भएपनि भर्खर काम सुरु गरिएकाले निर्माण स्थलमा देखिएका केही समस्यालाई समधान गर्दै अगाडी बढ्ने पनि उनले बताए ।

एक्जीम बैंकको ऋण सहयोगमा निर्माण कार्य सुरु गरिएको सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजनाको काम भारतिय कम्पनी टेलिकम्युनिकेशन कन्सल्टेन्ट इन्डिया लिमिटेडले जिम्मा लिएको छ । १ अर्ब ४६ करोडको लागतमा ३० महिना भित्र सम्पन्न गरि सक्नु पर्ने सडक करिव ५० किलोमिटर रहेको छ ।

यस्तो छ प्रजिअलाई बुझाएको ध्यानाकर्षण पत्र

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper