रामेछाप– जिल्ला खेलकुद विकास समिति रामेछापले जिल्लामा पहिलो पटक (टग अफ वार) डोरीतान प्रतियोगिताको आयोजना गर्ने भएको छ । ८ स्थानीय तहबाट ८ टिम सहभागी हुने गरी फागुन २९ गते प्रतियोगिताको आयोजना गर्न लागिएको विहिबार जिल्ला खेलकुद विकास समिति रामेछापले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
बागमती प्रदेश खेलकुद विकास परिषद्को कार्यक्रम अन्तर्गत साहसिक एवं पर्यटकिय खेलकुदका रुपमा हेरिएको (टग अफ वार) डोरीतान प्रतियोगिताको आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष राजेश श्रेष्ठले बताए । २९ गते हुने प्रतियोगितामा सहभागिता जनाउने ८ पालिकालाई अग्रिम रुपमा जानकारी गराइसकिएको र उनिहरु तयारी अवस्थामा रहेको समेत अध्यक्ष श्रेष्ठले बताए ।
कोरोनाको कारण प्राय ठप्पा जस्तै भएको खेलकुदलाई बिस्तारै गर्दै जाने बताउँदै अध्यक्ष श्रेष्ठले डोरीतान प्रतियोगिताबाट खेलकुदको सुरुवात हुने जानकारी गराए ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समिति रामेछापका प्रमुख केशब कटेलले बताए । नगद पुरस्कार भने त्यहि दिन तोकिने पनि उनले बताए ।
जिल्ला समन्वय समिति पछाडि रहेको खेल मैदानमा हुने प्रतियोगीता उद्घाटन खेल प्रमुख जिल्ला अधिकारीको टिम र रामेछाप उद्योग वाणिज्य संघको टिमबीच हुने छ ।
आफ्नो प्रतिकृया दिनुहोस्