Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

प्रेस युनियन रामेछापको सातौ साधारणसभा सम्पन्न, व्यवसायीक र क्रियाशिल पत्रकारितामा जोड

संवादाताः हाम्रो प्रहार
फाल्गुन २२, २०७७

संगिता श्रेष्ठ/रामेछाप– नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापको सातौ साधारणसभा तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाल प्रेस युनियन रामेछाप शाखाको स्थापना देखि हाल सम्मको अवस्था, व्यवसायिक र क्रियाशिल पत्रकारिताका विषयमा छलफल गर्दै सातौ साधारणसभा सम्पन्न भएको हो ।

७ औं साधारसभा एवं बनभोज कार्यक्रमको उद्घाटन समारोहमा आफ्नो भनाई राख्दै नेपाल प्रेस युनियन बागमती प्रदेश विशेष समितिका सचिव हिमाल ढुंगेलले पछिल्लो समयमा पत्रकारहरुको संख्या बृद्धि भएपनि पत्रकारहरुले लेख्ने समाचारको गुणस्तरियता खस्कँदै गएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ढुंगेलले हरेक पत्रकारले समाचार लेख्दा गुणस्तरितामा ख्याल गर्दै पाठकले खोजेको विषयबस्तुलाई आफ्नो प्राथमिकतामा राखेर आफ्नो पेशालाई व्यवसायिकतामा लैजनु पर्नेमा जोड दिए ।

कार्यक्रमका विशिष्ट अतिथि रहेका पत्रकार महासंघ बागमती प्रदेशका सदस्य बद्री नयाँघरेले नेपाल प्रेस युनियनको इतिहासलाई स्मरण गर्दै पत्रकारहरुले देशको परिस्थति बुझेर चलाएको कलम कै कारण देशमा ठूलठूला परिवर्तन भएको बताउँदै अहिलेको बर्तमान अवस्थामा देश विकासको क्षेत्रमा टेवा पुग्ने गरी चलाउनु पर्नेमा जोड दिए । नेपाल प्रेस युनियन रामेछाप शाखाको संस्थापक अध्यक्ष समेत रहेका नयाँघरेले आफ्नो कार्यकाल देखि अहिले सम्म आउँदा प्रेस युनियनमा ७० जना भन्दा बढी सदस्य हुनु पत्रकारिताको विकासमा थप सहयोग पुगेको बताए ।

नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले पछिल्लो समयमा धेरै युवाहरु पत्रकारितामा आए पनि व्यवसायिक पत्रकारितामा चासो नदिदा पेशा दिर्घकालिन नहुने भएकाले व्यवसायिक पत्रकारितामा जोड दिनु पर्ने बताए । त्यस्तै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष टिका प्रसाद भट्टले अहिलेको पत्रकारितामा व्यवसायिकता र क्रियाशिलता हराउँदै गएको बताए । उनले पछिल्लो समयमा पत्रकारितामा केही विकृति समते भित्रिएको भन्दै त्यो विकृतिलाई हटाउन प्रेस युनियनले पनि भूमिका खेल्नु पर्नेमा जोड दिए ।

उमाकुण्ड गाउँपालिका वडा नं ३ कुबुकास्थलीका वडाध्यक्ष रमेश कुमार सुनुवारले पत्रकारहरुले तीन तहका सरकारहरुले गरीरहेका हरेक कामको बारेमा मुल्यांकन गर्दै गाउँ–गाउँमा भइरहेका गतिविधिलाई आम जनता माझ पु¥याउनु पर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियनका सदस्य समेत रहेका वडाध्यक्ष सुनुवारले आम नागरिकलाई सही सूचना सम्प्रेसन गरेर नागरिकका समस्यालाई सरोकारवालामाझ पु¥याउन पत्रकारहरुलाई सुझाव दिए ।

नेपाल ट्रेड युनियन काँग्रेस रामेछापका अध्यक्ष पूर्ण सुवेदीले रामेछाप जिल्लामा संचार संस्था र पत्रकारहरुको संख्या बढ्नु राम्रो भएको बताउँदै संचार संस्थाहरुको दिगोपना र पत्रकारहरुको दक्षतामा सबै पत्रकारहरु एक भएर लाग्नु पर्ने बताए । त्यस्तै सामुदायिक रेडियो प्रशारक संघ रामेछापका अध्यक्ष दिपक घिमिरेले डिजिटल प्रविधिको युग सुरु भएको बताउँदै सबै पत्रकारहरु प्रविधिलाई प्रयोग गर्दै पत्रकारिताको नयाँ युगमा प्रवेश गर्नु पर्ने धाराण राखे । कार्यक्रमको समापन गर्दै नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारीले प्रेस युनियनको संगठनलाई थप शसक्त बनाउँदै व्यवसायिक र क्रियाशिल पत्रकारितामा युनियनले नयाँ योजनाका साथ काम गर्ने प्रतिवद्धता जनाए ।

नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारीको अध्यक्षतामा भएको सातौ साधारणसभा तथा बनभोज कार्यक्रममा सचिव रामचन्द्र विकले संस्थाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

कार्यक्रममा जनयुद्ध कालदेखि नै तत्कालिन नेकपा माओवादी निकट रहेर पत्रकारिता गर्दै आएका टंक गौतम नेपाल प्रेस युनियनमा प्रवेश गरेका छन् । लामो समय देखि आफूले गर्दै आएको पत्रकारिताको अनुवभ बताउँदै गौतमले बामपन्थी विचारधारामा रहेर पत्रकारिता गर्दा मुल पार्टीले धेरै दवाव दिएर पत्रकारिताको मर्म नै मार्न खोजेको आरोप लगाउँदै त्यसबाट मुक्त हुन आफू प्रेस युनियनमा आएको बताए ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper