Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मन्थलीमा अग्नि नियान्त्रण तालिम, नगर प्रमुख बस्नेत भन्छनः विपद् न्यूनिकरणमा सहयोग पुग्छ

संवादाताः हाम्रो प्रहार
फाल्गुन २१, २०७७

रामेछाप- मन्थलीमा आगलागीबाट हुने क्षतिलाई कम गर्न अग्नि नियन्त्रण (फायर फाइटिङ) सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापना जस्ता कार्यको व्यवस्थापन हुन नसक्दा आगलागीको जोखिम बढ्दै गएकाले मन्थली नगरपालिका र नागरिक उड्यन कार्यालयको सहयोगमा सशस्त्र प्रहरी बल रामेछापले फायर फाइटिङ तालिम सञ्चालन गरेको हो ।

तीन दिन सम्म चलेको तालिममा सशस्त्र प्रहरी, जनपथ प्रहरी, नेपाली सेना, मन्थली नगरपालिकाका नगर प्रहरी, नेपाल रेडक्रस सोसाइटीका कर्मचारी, जिल्ला बन कार्यालयका कर्मचारी, नागरिक उड्यन कार्यालयका कर्मचारी, रासमका प्रतिनिधि सहित ३५ जनाले विपद् व्यवस्थापनको लागि पूर्व तयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापना जस्ता कार्यको अभ्यास सहितको पूर्ण जानकारी लिएका छन् ।

मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले जोखिमयुक्त सहरी क्षेत्र र सुखग्रस्त ग्रामिण बस्तीहरुमा विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन प्रतिकार्य क्षमता अभिवृद्धिका लागि तालिम महत्वपूर्ण रहेको बताए । नगर प्रमुख बस्नेतले मन्थली नगरपालिकामा रहेको दमकल र विभिन्न कार्यालयमा अग्नि नियान्त्रणका लागि राखिएका उपकरणहरुलाई दक्ष जनशक्ति नहुँदा प्रयोग गर्न नसक्दा पनि आगलागीबाट ठूलो क्षति हुने गरेको बताउँदै यो तालिमले त्यस्लाई न्यूनिकरण गर्ने विश्वास व्यक्त गरे । मानविय त्रृटि र प्राकृतिक रुपमा हुने विपद्लाई न्यूनिकरण गर्न मन्थली नगरपालिका र रामेछाप नगरपालिका सहकार्य गरेर अगाडी बढ्ने उनले बताए । आगलागीबाट हुने क्षतिलाई कम गराउन सहयोग पुग्ने फायर फाइटिङ तालिम मन्थली नगरपालिकाका सबै वडामा लैजने योजना रहेको नगर प्रमुखको भनाई रहेको छ ।

निमित्त प्रमुुख जिल्ला अधिकारी लिलाराम सुनुवारले जिल्लामा हुने विभिन्न आगलागीका घटनाहरुलाई तत्काल नियान्त्रणमा लिन नसक्दा ठूलो जनधनको क्षेतिलाई कम गराउन अग्नि नियान्त्रण सम्बन्धी तालिमले सहयोग पुग्ने बताए । प्राकृतिक रुपमा हुने विपद्लाई पूर्ण रुपमा नियान्त्रणमा लिन नसकिने भएकाले त्यस्ता घटनाको प्रतिकार्य र पुनःस्थापनामा बढी ध्यान दिनु पर्ने उनको भनाई रहेको छ ।

आफू जिल्लामा आए देखि नै आगलागीका घटनाबाट मानविय क्षति सहित ठूलो मात्रमा धनमालको समेत क्षति भएकाले त्यसलाई न्यूनिकरण गर्न मन्थली नगरपालिकाको आर्थिक सहयोग, नागरिक उड्यन कार्यालय लागयतका कार्यालयहरुको सहयोगमा तालिम संचालन गरिएको सशस्त्र प्रहरी बल रामेछापका प्रहरी नायव उपरिक्षक केशव राज प्याकुरेलले बताए ।

तीन दिन सम्म संचालन भएको तालिमले अग्नि नियान्त्रण मात्रै नभएर विभिन्न विपद् न्यूनिकरण गर्न समेत सहयोग पुगेको रासमबाट सहभागी नविन कार्कीले बताए । उनले यस्तो तालिम सिमित मानिसहरुलाई मात्रै नभएर आगामी दिनमा सबै स्थानीय तहका सबै वडाका युवा क्लबका प्रतिनिधिहरुलाई दिदा थप प्रभावकारी हुने बताए ।

तालिम बुधबार देखि सुरु भएर शुक्रबार सकिएको हो ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper