Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप उद्योग वाणिज्य संघको २८ वर्षे यात्रा, संस्थापक कार्यसमिति सम्मानित

संवादाताः कुमार श्रेष्ठ
फाल्गुन २१, २०७७

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघको स्थापना भएको २८ वर्ष पुरा भएको छ । २०४९ साल फागुन २१ गते अर्थात २८ वर्ष अघि आजकै दिन प्रज्वल कुमार बज्राचार्यको अध्यक्षतामा ११ सदसिय कार्यसतिबाट सुरु भएको रामेछाप उद्योग वाणिज्य संघले शुक्रबार २८ औं स्थापना दिवस मनाएर संस्थाक पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको छ ।

संघले आफ्नो स्थापना दिवसको अवसर पारेर संस्था स्थापना गरेर यहाँ सम्म ल्याउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै संस्थापक पदाधिकारीहरु अध्यक्ष प्रज्वल कुमार बज्राचार्य, उपाध्यक्ष नारायणदाश श्रेष्ठ, सचिव रामकुमार श्रेष्ठ र कोषाध्यक्ष प्रेम नारायण श्रेष्ठलाई ढाका टोपी लगाएर प्रंसशा पत्र प्रदान गर्दै सम्मान गरेको छ । त्यस्तै सम्मानित हुने संस्थापक सदस्यहरु क्रमशः विष्णु बहादुर मगर, विष्णु बहादुर मगर, श्री कुमार श्रेष्ठ, मोहनकुमार श्रेष्ठ, काजीदाश श्रेष्ठ र हरि बहादुर लामा रहेका छन् । त्यस्तै संघले स्वर्गीय सदस्यहरु गोपाल ढुंगेल र कृष्णदाश श्रेष्ठको परिवारलाई सम्मान पत्र दिएर सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले उद्योगी व्यवसायिहरुको हितमा काम गर्ने गरी स्थापना भएको रामेछाप उद्योग वाणिज्य संघले उद्योगी तथा व्यवासायिहरुको समस्यामा साथ दिनु पर्ने बताए । नगर प्रमुख बस्नेतले व्यासायिहरुले नीति नियम भित्र काम गर्नु पर्नेमा जोड दिदै मन्थली नगरपालिका भित्रै रहेको उद्योग वाणिज्य संघ र व्यासायिहरुलाई सधैं सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी तुलाराम सुनुवारले २८ वर्ष अघि जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर व्यवसायीहरुको हितमा काम गर्दै आएको संस्थालाई जिल्ला प्रशासन कार्यालयको सधैँ साथ रहने बताए । कार्यक्रममा बोल्दै रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एंव नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेशका कार्यकारिणी सदस्य श्याम थापाले कोरोना पछि उद्योगी तथा व्यवसायीहरुले धेरै समस्याहरु खेप्दै जानु परेको धाराण राखे । उनले समृद्ध देश बनाउनको लागि उद्योगी तथा व्यवसायीहरुको महत्वपूर्ण भूमिका भएकाले राज्यले उद्योगीहरुले भोग्दै आएका समस्याको पहिचान गरेर समधान गर्नु पर्नेमा जोड दिए ।

त्यस्तै रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरेले संघको स्थापना कालदेखि अहिलेको अवस्था सम्मा ल्याउन सहयोग गर्ने संस्थापक समितिलाई धन्यबाद दिदैँ पुर्व पदाधिकारी र समितिका सदस्यहरुको सल्लहा अनुसार नै अगाडी बढ्ने बताए । उनले उद्योगी एवं व्यवसायीहरुका समस्याहरु दिन प्रति दिन थपिदै गएकाले सरोकारवाला निकायहरुलाई त्यस्ता समस्या समधानको आ–आफ्नो ठाउँबाट पहल गर्न आग्रह गरेका छन् ।

त्यस्तै संस्थापक उपाध्यक्ष नाराणदाश श्रेष्ठले २८ वर्ष अगाडि स्थापना भएको रामेछाप उद्योग वाणिज्य संघले २८ वर्षे यात्रामा व्यवसायिक हितमा काम गरेको बताउँदै बाँकी पनि संघले व्यवसायिक हितमा काम गर्नु पर्नेमा जोड दिए ।

२८ वर्ष अघि स्थापना भएको भएपनि रामेछाप उद्योग वाणिज्य संघले यस वर्ष देखि मात्रै आफ्नो स्थापना दिवस मनाउन थालेको कार्यकारी अधिकृत नबीन केसीले बताए । यस वर्ष देखि सुरु गरिएको स्थापना दिवस मनाउने कार्यक्रम अब निरन्तर हुने पनि कार्यकारी अधिकृत केसीले बताए ।

२८ वर्षको यात्रामा रहेको रामेछाप उद्योग वाणिज्य संघमा हाल १ हजार ३ सय ५१ जन सदस्यहरु रहेका छन् । जसमा ४ सय ७८ जना उद्योग तर्फ र ८ सय ७३ जना वाणिज्य तर्फ रहेका छन् ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper