Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

फोहोरी खेलको पुनरावृत्ति हुने संकेत

संवादाताः हाम्रो प्रहार
फाल्गुन २०, २०७७

अब नेपाली राजनीति नयाँ ढंगले अघि बढ्ने अनुमान गरिएको छ । सर्वाेच्चको फैसलाले १३ दिनभित्र संसद् बैठक बोलाएर संसदीय गतिविधि सञ्चालन गर्नुपर्ने परमादेश दिएको छ ।अदालतको फैसलापछि राजनीतिमा एकाएक सरगर्मी बढेर गएको छ । यतिबेला राजनीतिक दलहरु सत्ताको जोड घटाउतिर लाग्न थालेका छन् ।  नेकपा दुई खेमामा बिभाजित भएपछि सत्ताको जोड घटाउ चल्नु स्वभाविक हो । सरकारको नेतृत्व लिन एक्लै बहुमत कसैको पुग्दैन । त्यसो भएकाले पनि अब बन्ने सरकार दुई वा दुई भन्दा बढी दल मिलेर बनाउनु पर्ने अवस्था छ । ओली नेतृत्वको नेकपासँग अहिले नै एकता गरेर जाने  अवस्थामा दाहाल—नेपाल समूह तयार देखिएको छैन । पार्टीको विवाद निकै अघि बढिसकेको छ । अहिले नै एक हुने अवस्था देखिदैन । घटना र परिदृश्यले पनि यही कुरा बताउँछ । नेकपाको विवाद समाधान नहुन्जेलसम्म राजनीति अन्योलता बढने निश्चित छ । नेकपा दुइ खेमामा बिभाजित हुनाले नेपाली कांग्रेस नै अहिलेको सत्ता राजनीतिको खेलमा निर्णायक शक्तिका रूपमा रहेको छ । तर सरकारको नेतृत्व लिने कुरामा नेपाली कांग्रेस अनिर्णयको बन्दीजस्तै भएको छ । अहिले कांग्रेस फकाउने रणनीतिमा दाहाल–नेपाल सक्रिय छन । तर, देउवाले दाहाल—नेपालको सत्ता साझेदारीको प्रस्ताव सहजै स्विकार्लान्  जस्तो देखिदैनन ।कांग्रेसभित्रै पनि देउवालाई नेकपाको कुनै पनि समूहलाई सहयोग र समर्थन गर्न नहुने दबाब बढ्दो छ ।

‘फेरी विगतका फोहोरी खेलको पुनरावृत्ति हुने संकेत देखिएको छ । अहिलेको सम्भावित सत्ता समीकरणको केन्द्र बिन्दुमा कांग्रेस नै रहेको अवस्था छ । यसका लागि जतिसक्दो चाँडो नेकपा विवाद निष्र्कषमा पुगोस् भन्ने आशय कांग्रेसको रहेको छ । अहिले सबैको चासो भनेको अब पुनस्र्थापित संसदमा नेकपा कसरी अघि बढ्ला भन्ने नै हो । मुलुकको राजनीतिक भविष्य कता जाला भन्ने चिन्ता बढेर गएको छ । नेकपाका दुवै समूहका नेता सकेसम्म बहुमत सदस्यलाई आफूतिर तान्ने कसरतमा  छन । जब सांसद् दुई समूहको तानातानमा पर्छन् अनि त्यहाँ फोहोरी राजनीतिको खेल सुरु हुने देखिन्छ । यस्तो अवस्था नआओस् भन्ने नागरिक अपेक्षा हो ।नेतृत्वले छाती चौडा पारेर देशको राजनीति सही बाटोमा हिँडाउन सक्नु पर्छ ।

देशको हितमा निर्णय लिनुपर्ने बेला हो यो । नेपाली कांग्रेस अहिले पर्ख र हेरको अवस्थामा छ । अझै पनि नेकपा मिलेर जाने हो भने देशको राजनीतिले सहज रुपमा निकास पाउनेछ ।  अहंमता, दम्भ, बदला र इष्र्याले कसैलाई फाइदा गर्ने छैन । यदि नेकपा नमिले पार्टीको अस्थित्व संकटोन्मुख हुने निश्चित छ ।

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper