Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

‘कालो काँग्रेस भन्नेसँग किन रातो एमाले भएर बस्ने ?’– सिताराम खड्का (भिडियो)

संवादाताः हाम्रो प्रहार
फाल्गुन १५, २०७७

रामेछाप– नेपाल कम्युनिस्ट पार्टीको विभिन्न कमिटीमा रहेर काम गरीरहेका गोकुलगंगाका सिताराम खड्काले नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुको नेकपा वडा सचिब समेत रहेका सिताराम खड्काले नेपाल कम्युनिस्ट पार्टीले दिएको विभिन्न पीडाहरु सहन नसकेर नेपाली काँग्रेसमा प्रवेश गरेको बताएका छन् ।

नेपाली काँग्रेस रामेछापले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसमा प्रवेश गरेको बताउँदै खड्काले भने– ‘२०४६ साल देखि कम्युनिस्ट पार्टीमा लागेर विगत लामो समय देखि फर्पुमा नेकपा एमालेको नेतृत्व लिएर काम गरेँ । त्यसपछि दुई पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टीको सचिव भएर काम गरे । यति लामो समयमा मैले त्यो पार्टीमा बस्दा भोगेका पीडा भन्ने हो भने कहिल्यै पनि सकिदैन् । मैले कुनै नेपाली काँग्रेसमा भेट्दा त्यो त काँग्रेस पो भएछ भन्दै आरोप लगाउँथे । यस्ता सयौँ पीडा पोख्ने ठाउँ आज नेपाली काँग्रेसमा पाएको छु ।’

आफन्तबादबाट हुर्किएको नेपाल कम्युनिस्ट पार्टीबाट कहिल्यै पनि देश र जनताको भलो नहुने भन्दै त्यस्तो पार्टीमा बस्न उचित नहुने उनको तर्क रहेको छ । नेपाल कम्युनिस्ट पार्टी बाहेक नेपाली काँग्रेस र अन्य पार्टीसँग भेटेको देख्ने त्तिक्कै यो त कालो काँग्रेस भइहाल्यो भन्ने जस्ता आरोप लगाउने पार्टीसँग किन बस्ने ?, भन्ने प्रश्न आफैलाई लागेर आज नेकपा परित्याग गरेर नेपाली काँग्रेसमा आएको उनले बताए ।

नेपाली काँग्रेसमा प्रवेश गरेका सिताराम खड्काले पार्टीको कुनै पद पाउने लोभ आफूसँग नभएको तर, भविष्यमा पार्टीले योग्य ठानेर जिम्मेवारी दिएमा जिम्मेवारीका साथ काम गर्ने बताएका छन् ।

खड्कालाई नेपाली काँग्रेसमा स्वागत गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले बर्षौ देखि नेकपाबाट पीडित भएका सिताराम खड्का जस्ता नेताहरु अटाउने ठाउँ नेपाली काँग्रेस मात्रै भएको बताउँदै त्यस्ता मानिसहरुलाई काँग्रेसले ठाउँ दिन पर्ने बताए । अहिलेको समयमा नेपाली काँग्रेस खोजीरहेकाहरुसँग काँग्रेस भेटिनु पर्ने धाराण राखे ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रामेछापका पार्टी सभापति लवश्री न्यौपानेले सिताराम खड्का काँग्रेसमा आउँदा फर्पुमा नेपाली काँग्रेस थप बलियो भएको बताए । पार्टी सभापति न्यौपानेले खड्काले नेकपा भित्र बस्दा भोग्दै आएको राजनीतिक पीडा नेपाली काँग्रेसमा हुँदा अन्त्य हुने बताउँदै काँग्रेसले न्याय दिने प्रतिवबद्धता जनाएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवं गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुका वडाध्यक्ष चन्द्र सुनुवारले सिताराम खड्कालाई नेपाली काँग्रेस फर्पुले भविष्यमा उच्च मुल्यांकन गर्ने बताए । वडाध्यक्ष सुनुवारले पार्टी प्रवेशकै अवसर पारेर मन्थली निर्माणाधिन अवस्थामा रहेको वी.पी स्मृति भवनको लागि ५५ हजार नगद सहयोग गरेका छन् ।

‘कालो काँग्रेस भन्नेसँग किन रातो एमाले भएर बस्ने ?’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper