Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

मन्थली नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु, २२ विद्यालय सहभागी

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ फाल्गुन ७

रामेछाप– मन्थली नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । ७१ औँ प्रजातन्त्र दिवसरको अवसर पारेर मन्थली नगरपालिका भित्रका विद्यालयहरु सहभागी हुने गरी सुक्रबार देखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख एवं कार्यक्रमको प्रमुख अतिथि दिपा पाख्रिनले सटफुट खेल खेलेर उद्घाटन गरेकी छिन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले नगरपालिका भित्रका विद्यालयहरुमा अध्ययनरत साँढे ११ हजार बालबालिकाको चौतर्फी विकासको लागि लक्षित गरी आयोजना गरिदै आएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले खेलकुदको क्षेत्रसँगै समग्र विकासमा सहयोग पुग्ने बताए । नगर प्रमुख बस्नेतले खेलकुदकै माध्यमबाट पनि नगरपालिकालाई चिनाउन सकिने भएकाले सहभागी विद्यालयहरुले भविष्यमा अर्को पालिका वा अर्को जिल्लामा गएर समेत प्रर्दशन गर्दा राम्रो नतिजा निकाल्न सक्ने गरी अहिले नगरपालिका स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रतिभाहरु प्रस्तुत गर्न आग्रह गरेका छन् । प्रतियोगितामा सहभागिता जनाउन सालुबाट मन्थली तर्फ आउँदै गरेको बस दुर्घटनामा परी घाइते भएका विद्यार्थी र बसमा सवार सबैको उपचार खर्च नगरपालिकाले बेहोर्ने पनि नगर प्रमुखले प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख दिपा पाख्रिनले नगरपालिकाले विगत देखि नै आयोजना गर्दै आएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले बालबालिकाको प्रतिभालाई प्रस्फुटन गर्ने एउटा राम्रो माध्यम भएको बताईन । उद्घाटन समारोहको प्रमुख आतिथि समेत रहेकी उपप्रमुख पाख्रिनले प्रतियोगितामा छात्रा सहभागिता बढी भएकोमा खुसी व्यक्त गर्दै पछिल्लो समय देशमा बढ्दै गएको महिला हिसां र बलत्कारका घटनालाई आफैले प्रतिरोध गरेर न्यूनिकरण गर्न समेत खेलकुदले सहयोग पुग्ने धाराण राखिन् ।

मन्थली नगरपालिकाका उपप्रमुख माया कुमारी कार्कीले खेलमा सहभागी हुने विद्यार्थीहरुलाई खेलका नियमहरुमा रहेर आफ्नो अनुशासनलाई पूर्ण रुपमा पालना गर्दै जिल्लाकै नमूना खेल हुने गरी खेल्न अनुरोध गरिन् ।

रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले प्रजातन्त्र स्थापनाको भएको २००७ साललाई सम्झादै त्यहि प्रजातन्त्रको कारण हामीले प्राप्त गरेका अधिकार संरक्षणमा गर्नको लागि पनि फगुन ७ गतेलाई मात्रै नभएर हरेक दिनलाई फागुन ७ गते सम्झानु पर्ने बताए । प्रजिअ शर्माले बालबालिका राष्ट्रको गहना हुन भन्ने उदहारण देखाउनको लागि नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले बालबालिकाको खेलकुद विकासमा थप सहयोग पुग्ने धाराण व्यक्त गरे ।

कार्यक्रममा मन्थली नगरपालिका वडा नं १ का वडाध्यक्ष नारायणदाश श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठ, मन्थली माविका प्रधानाध्यापक टंक प्रसाद दाहाल लगायतले आफ्नो धाराण राख्दै मन्थली नगरपालिकाद्धारा आयोजित प्रतियोगिताले गरपालिका भित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको खेलकुद विकासमा सहयोग पुग्ने बताए ।

तीन दिन सम्म चल्ने प्रतियोगितामा मन्थली नगरपालिका भित्रका २२ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । मार्च पास सहित सुरु भएको प्रतियोगिता फागुन ९ गते सम्पन्न हुनेछ । तीन दिन सम्म चल्ने प्रतियोगितामा ५० स्वर्ण, ५० रजत र ७० कास्य पदकको लागि प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

थप फोटोमा यस्तो देखियो

Related Posts

स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट डा. सुमन कर्माचार्य सम्मानित
समाचार

स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट डा. सुमन कर्माचार्य सम्मानित

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा
शिक्षा

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper