Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा पाँचौ निर्वाचन दिवसः आचारसंहिताका विषयमा अन्तरक्रिया, सबै जिम्मेवार हुनुपर्नेमा जोड

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ फाल्गुन ६

रामेछाप– निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन सरोकारवालाहरुले सबै जिम्मेवार हुनु पर्नेमा जोड दिएका छन् । पाँचौ निर्वाचन दिवसको अवसर पारेर जिल्ला निर्वाचन कार्यालय रामेछापले विहिबार आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा आ–आफ्नो सुझाव दिँदै राजनीतिक दलका नेता, सरकारी निकायका प्रतिनिधि, स्थानीय तहका प्रमुख, पत्रकार लगायतले निर्वाचन आयोगले तया गरेका निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन सबै जिम्मेवार हुनु पर्नेमा जोड दिएका हुन् ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले निर्वाचनमा राजनीतिक दलहरुले आफ्नो जिम्मेवारीलाई पूर्ण रुपमा पालना गर्न सके निर्वाचनका लागि तयार गरिएका आचारसंहिता सहज रुपमा कार्यान्वयन हुने धाराण राखे । विगतका निर्वाचनमा गर्दै आएका गलत संस्कार त्याग्न सके निर्वाचन स्वतन्त्र र निश्पक्ष हुने विश्वास व्यक्त गरे ।

हाम्रो प्रहार डटकम

नेपाली काँग्रेस रामेछापका सचिब लेख बहादुर कार्कीले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले निर्वाचन आचारसंहिताको उलंघन गर्दै आफ्नो पदको दुरुपयोग गर्न सक्ने भएकाले त्यस्ता व्यक्तिलाई पुर्ण रुपमा निगरानीमा राख्ने समंन्त्र बन्नु पर्ने सुझाव दिए । सचिव कार्कीले राजनीतिक दलहरुले आफ्नो पार्टीको चुनावी एजेण्डाहरु जनता माझ लैजनाको लागि संचार माध्यमको प्रयोग गर्न पाउनु पर्ने कुराहरु पनि निर्वाचन आयोगले आफ्नो आचारसंहिता भित्र उल्लेख गर्नु पर्नेमा जोड दिए । त्यस्तै नेकपाका नेता प्रकाश कुमार कार्कीले निर्वाचनको बेला सरोकारवाला निकायहरुले आचारसंहिता उलंघन गर्दा भोग्नु पर्ने कारबाहीहरुलाई पनि निर्वाचन आयोगले आफ्नो आचासंहितामा उल्लेख गर्नु पर्नेमा जोड दिए ।

विगतका निर्वाचनहरुमा राजनीतिक दलहरुले आफ्नो पार्टीको प्रचार प्रसार गर्दा संचार माध्यमलाई उपलब्ध गराइने समय निकै कम हुँदा निर्वाचन आचारसंहिता उलंघन भएको भन्दै छोटो समयलाई बढाउनु पर्ने धाराण पत्रकारहरुले राखेका छन् । राजनीतिक दलहरुले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कुनै एउटा पत्रिकामा मात्रै आफ्नो प्रचार सामाग्री छाप्न पाउने प्रावधान राखिएको र त्यस्तो प्रावधानले पत्रिका एउटा पार्टीको मुखपत्र जस्तो देखिने हुँदा त्यसलाई सबै राजनीतिक दलकोले प्रयोग गर्न पाउने गरी व्यवस्था मिलाउन पनि पत्रकारहरुले सुझाव दिएका छन् ।

कार्यक्रमका अध्यक्ष समेत रहेका रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले निर्वाचन आयोगले तया गरेका आचारसंहितामा त्रृटि भए सच्याउन र थप गर्नु पर्ने केही बुँदा भए थप्नको लागि अझै पनि समय भएकाले सरोकारवाला निकायहरुले थप सुझाव दिन सक्ने बताए । प्रजिअ शर्माले सरोकारवाला निकायहरुले दिएका सुझावहरुलाई हटाउनु पर्ने हटाउन र थप गर्नु पर्ने भए थप गर्न आग्रह गर्दै सम्बन्धित ठाउँमा पठाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय रामेछापका जिल्ला निर्वाचन अधिकारी शम्भु कुमार कटुवालले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७८ सम्बन्धी आयोगका गविधिहरु प्रस्तुत गर्दै आगामी निर्वाचनका लागि खाकाको रुपमा तयार भएका निर्वाचन आचारसंहिताका विभिन्न पक्षहरुको बारेमा जानकारी गरएका थिए ।

कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, स्थानीयका तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper