रामेछाप– रामेछाप जेसिजले नेपाल जेसिजको आयोजना तथा रामेछाप जेसिजको आतिथ्यतामा हुने क्षेत्र ‘ग’ सम्मेलन वर्ष २०२१ का लागि सम्मेलन निर्देशकको जिम्मेवारी भिमसेन बस्नेतलाई दिने निर्णय गरेको छ । रामेछाप जेसिजको वोर्ड बैठकले रामेछाप जेसिज वर्ष २०१६ का अध्यक्ष समेत रहेका बस्नेतलाई क्षेत्र ‘ग’ सम्मेलनको निर्देशक बनाउने निर्णय गरिएको महासचिव सन्तोश खत्रीले बताए ।
नेपाल जेसिज रामेछपको आतिथ्यतामा हुने क्षेत्र ‘ग’ अन्तरगतका ३५ वटा शाखाका जेसिज प्रतिनिधिहरुको सहभागिता हुने छ । सम्मेलन सन् २०२१ भित्रै सम्पन्न हुने छ ।
आफ्नो प्रतिकृया दिनुहोस्