रामेछाप– एक टोलका मानिस अर्को टोलमा पैदल हिडेर आवत जावत गर्न सहज होस भन्ने उद्देश्यले रामेछाप नगरपालिका वडा नं–८ रामेछापका वडा अध्यक्ष गोरेटो बाटो बनाउन आफै जुटेका छन् । वडा नं ८ लामागाउँको दत्य डाँडाबाट भुमेश्वरी प्राथमिक विद्यालयसम्मको गोरेटो वाटो निर्माणमा वडाध्यक्ष केदार कार्की, वडासदस्यहरु र स्थानीयहरु जुटेका हुन् ।
लामागाउँ, वादी र विभिन्न ठाउँबाट उक्त बाटोबाट आवतजावत गर्न र बालबालिकाहरु विद्यालय अध्ययन गर्न जान समेत समस्या भएको भन्ने गुनोस स्थानीयले आफूलाई गरेपछि गोरेटो बाटो निर्माणको लागि आफै गएको वडाध्यक्ष केदार कार्कीले बताए ।
कुनै ठाउँमा पहिरोले भत्काएको र कुनै ठाउँमा सानो बाटो हुँदा स्थानीयलाई हिड्न निकै समस्या भएको गोरेटो बाटो निर्माण पछि सहज रुपमा हिड्न सकिने भएको पनि वडाध्यक्ष कार्कीले बताएका छन् । उनका अनुसार करिव एक किलोमिटर बाटो निर्माण गरिएको छ ।
आफू सहित स्थानीयको सहभागितामा साना–साना निर्माणका काम गर्दा वडा कार्यालयलाई आर्थिक भार समेत कम हुने वडाध्यक्षको विश्वास रहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्