Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

अब देशलाई दुरदर्शी र विकासप्रेमी नेताको आवश्यकता

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ माघ २८

डा.डीपि.आर. उपाध्याय

यति बेला देशको राजनीतिक अवस्था जटिल मोडमा छ । अहिलेको राजनीतिक गतिविधि हेर्दा जनता निराश देखिन्छन । जनतामा निराशा आउनु भनेको राम्रो संकेत होइन । देशको राजनीतिक संकटका कारण देशी–विदेशी हस्तक्षेप बढिरहेको देखिन्छ । आज देशको अवस्था बिग्रदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले राजनीतिक धुव्रिकरण बढेर गएको छ । प्रतिनिधिसभा विघटनपछि केहि दलहरु प्रतिनिधिसभा पुनस्र्थापना हुनु पर्ने माग राखि सडक आन्दोलनमा छन । आन्दोलन किन र के को लागी ? नेपाली जनता आन्दोलनका पक्षमा छैनन् । देशको हितमा छैन आन्दोलन । दलहरुका आन्दोलन कुर्सीका लागी हो । बिगतमा आन्दोलनका बलमा भएका परिवर्तनबाट जनताले के पाए ? जनताको जीवन शैलिमा परिवर्तन आयो कि आएन ? यी प्रश्नको जवाफ नेताहरुले दिनु पर्छ । आन्दोलन नेताहरुको कुर्सीको लागी हो । वर्तमान समस्याको समाधान दलहरुले खोज्नु पर्छ । यो बहुमतप्राप्त सरकारले जनताद्वारा निर्मित प्रतिनिधिसभा भंग गर्न हुदैन्थ्यो । किनभने छँदाखाँदाको संसद् विघटन गरेर चुनावमा जानु भनेको देशलाई आर्थिक भार बोकाउनु हो । सरकार जनताप्रति उत्तरदायी हुन जरुरी छ । देश कोरोनाले ग्रसित भएको अवस्था छ । नेपाली जनता कसरी आफ्नो जीविकोपार्जन गर्ने भन्ने चिन्तामा छन । सरकार यस्तो अवस्थामा अर्बौं रुपियाँ खर्च गरेर चुनाव गर्ने तयारीमा छ । लोकतान्त्रिक पद्धतिअनुसार चुनावबाट दलहरु भाग्नु पनि हुदैन । अहिलेको स्थिति हेर्दा चुनावको बातवरण अझै बनेको छैन । सर्वोच्चले संसद् पुनस्र्थापना गरिदियो भने त्यो नै राम्रो । यदि निर्वाचनमै जानुपरे दलहरु तयार हुनु पर्छ । नेकपा दुई खेमामा विभाजित भए पनि कानुनीरुपमा फुटेको छैन । त्यसैले नेकपा सत्ता स्वार्थकै लागि मात्र फुटेको देखिन्छ । आमनिर्वाचनमा जनताले नेकपालाई झन्डै दुई तिहाइको बहुमत दिएका थिए । यस अवस्थामा ओलीले प्रतिनिधिसभा विघटन गरेर जनतालाई विश्वासघात गर्नु हुदैन्थ्यो ।

यति बेला ओली समूह एकातिर, दाहाल–नेपाल समूह अर्कातिर फर्किएर आपसमै आरोप–प्रत्यारोप गरिरहेका छन् । यति बेला नेपालको राजनीतिक अवस्था अस्थिर छ । त्यसैले भारत, चीन, अमेरिकाजस्ता राष्ट्रले आफू अनुकूल राजनीतिक वातावरण बनाउन सक्रिय रहेको देखिन्छ । युवापुस्ताहरुको राजनीतिप्रति नै वितृष्णा पलाएको छ । राजनीति भनेको देश र जनताको हक–अधिकारका लागि हुनुपर्छ । तर देशमा नेताहरुले सत्तास्वार्थको लागि मात्र राजनीति गरे । जसको कारण राजनीति फोहोरी खेलमा परिणत भयो । राजनीतिमा मौलाएको विकृति ,विसंगति लाई नहटाए सम्म देश बनाउन सकिदैन । आम–युवापुस्तालाई राजनीतिप्रति उत्साह जगाउन पुराना पुस्ताका नेताहरुमा सुधार आउन जरुरी छ । अहिले नेपाली जनता अन्यौलमा छन् । नेताहरुले जति चर्का कुरा गरेपनि मुलुक बन्न सकिरहेको छैन । त्यसैले अब युवापुस्तालाई सत्ता सञ्चालन गर्ने अवसर दिनुपर्छ । देशमा भ्रष्टाचार बढिरहेको छ । जबसम्म देशमा निस्वार्थ भावनाका नेता तथा कर्मचारी हुदैनन् तबसम्म देशमा भ्रष्टाचारको अन्त्य हुँदैन । अब देशलाई दुरदर्शी र विकासप्रेमी नेताको आवश्यकता छ

Related Posts

स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट डा. सुमन कर्माचार्य सम्मानित
समाचार

स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट डा. सुमन कर्माचार्य सम्मानित

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा
शिक्षा

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper