Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

समृद्ध नेपाल, सुखी नेपालीको नारा ओझेलमा

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७७ माघ २६
  • 25shares

डा. डीपी.आर. उपाध्याय

अहिले जनतामा उत्साह र उमङ्ग हराएको छ । समृद्ध नेपाल, सुखी नेपालीको नारा ओझेलमा परेको छ । नेकपाको सम्मानजनक बहुमत प्राप्त सरकार आफ्नै आन्तरिक कारणले गर्दा सही गति लिन सकेन । नेकपा केही समय अघि देखि दुई खेमामा विभाजित छ । प्रचण्ड माधव खेमा र ओली खेमामा नेकपा विभाजित हुँदा मुलुकमा संकट निम्तिएको छ । सरकार पनि जनचाहनाअनुसार अगाडि बढ्न सकेको छैन । सरकारले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि यतिबेला संवैधानिक र राजनीतिक प्रश्न उठेका छन् ।

लोकतन्त्रको मूल मर्म नै चुनाव भएकाले ताजा जनादेशका लागि जनतामा जानु लोकतन्त्रको सुन्दर पक्ष हो ।जनताको ताजा जनादेश लिने कुरालाई अलोकतान्त्रिक भन्न मिल्दैन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गरे सँगै सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाई भैरहेको छ । यो विषयमा सर्वाेच्च अदालतबाट चाँडै नै अन्तिम फैसला हुँदै छ ।

वास्तवमा सत्तारूढ दलमा देखिएको आन्तरिक किचलो सत्तास्वार्थ नै हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आगामी महाधिवेशनबाट अध्यक्ष र आगामी चुनावबाट प्रधानमन्त्री छाड्ने घोषणा गर्नु भएको थियो । तर पुष्पकमल दाहाल, माधव नेपाल लगायतका नेताहरुलाई सत्तामा जाने हतारोले प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पारेकै हुन । जसले गर्दा यो गलत परिणाम आएको हो । संसदीय प्रणालीमा कार्यपालिका प्रमुखको हैसियतले प्रधानमन्त्रीले कार्यकारी अधिकार प्रयोग गर्न सक्छन् । नेकपाको सात दशकको इतिहास हेर्दा सैद्धान्तिक वैचारिक मतभेदका कारण पार्टी विभाजन भएको देखिन्छ तर यसपटक त्यस्तो देखिँदैन । नेकपा दुई खेमामा विभाजित भएपछि लाखौँलाख कार्यकर्ता दुखी छन् । त्यसैले लाखौँ कार्यकर्ता अझै पनि एकताको पक्षमा उभिएका छन् । अहिले नेकपामा देखिएको समस्या भनेकै गलत चिन्तन र प्रवृत्ति नै हुन् ।

प्रतिनिधिसभा विघटन र चुनाव घोषणा गरेको सरकारका अगाडि थुप्रै चुनौती छन् । देशमा कोरोनाका कारणले धेरैको रोजगार गुमेको छ । मुलुकको अर्थतन्त्र धराशयी हँुदै गएको छ । यस्तो अवस्थामा सत्तारूढ दल नेकपा दुई खेमामा विभाजित हुन पुगेको छ । नेताहरू एकअर्का खेमाप्रति गालीगलौजमा उत्रेका छन् । यो राम्रो संकेत होईन । नेकपा एकढिक्का भएर पद र प्रतिष्ठाको लोभमा नलागी सकारात्मक काम गरेको भए आज देश विकास र समृद्धिको बाटोमा अघि बढ्न सक्थ्यो । यस्तो जटिल स्थितिमा समाजवाद उन्मुख सरकारलाई आफ्नै पार्टीबाट सहयोग हुन नसक्नु देशको दुर्भाग्य हो ।

  • 25shares
ShareTweetPin

Related Posts

कोरोना भाइरस विरुद्धको खोप सुरक्षित छ ढुक्क भएर लगा‍औँ
समाचार

कोरोना भाइरस विरुद्धको खोप सुरक्षित छ ढुक्क भएर लगा‍औँ

मन्थली खानेपानीको अध्यक्षमा पूर्ण सुवेदी निर्विरोध निर्वाचित
समाचार

मन्थली खानेपानीको अध्यक्षमा पूर्ण सुवेदी निर्विरोध निर्वाचित

नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउन गाई-भैंसी सुत्केरी भत्ता
समाचार

नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउन गाई-भैंसी सुत्केरी भत्ता

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन