Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको दावीः ‘अविश्वासको प्रस्ताव स्वीकृत हुँदैन’

संवादाताः हाम्रो प्रहार
माघ २५, २०७७

प्रहार खबर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आफूलाई मुख्यमन्त्रीबाट हटाउन दर्ता गरिएको अविश्वासको प्रस्ताव स्वीकृत नहुने दावी गरेका छन् । रामेछापको खाँडादेवी गाउँपालिका–३ मा निर्माण भएको एकिकृत बस्ती हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्य मन्त्री पौडेलले जनताको पक्षमा राम्रा काम गरेको देखेर आफ्नो नेतृत्वमा रहेको सरकार हटाउने अभियानमा लागेका समूह सफल नहुने दावी गरेका हुन् ।

बागमती प्रदेशको संसदिय दलको नेता चयन हुँदा देखिको घटना क्रम सुनाउँदै मुख्य मन्त्री पौडेलले भने– ‘जुन दिन म संसदिय दलको नेतामा चयन भए, त्यहि दिन देखि मबाट पराजित अष्टलक्ष्मी साक्यले मेरा विरुद्ध विभिन्न षड्यान्त्रहरु सुरु गर्नुभयो । त्यहि कारणले सधैभरी आतंकित भएर बस्नु पर्ने भयो । उहाँहरुले अहिले मात्रै हैन यस अघि देखि नै सधैभरी अविश्वासको प्रस्तावको धम्की दिइरहनुभयो । जसको कारण प्रदेश सरकारले राम्रोसँग काम गर्न सकिरहेको छैन् । पाँच वर्षका लागि हारेको मान्छे पाँच मिनेट पनि बस्न नसक्ने कुन संकार हो ? आफू हारेको दिन देखि नै विभिन्न धम्कीहरु दिइरहेको गुटले अहिले पनि अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । त्यो प्रस्ताव कुनै पनि हालतमा स्वीकृत हुँदैन । र सरकार पनि ढल्दैन । सरकारले जनताको पक्षमा रहेर ढुक्कसँग काम गर्छ ।’

मुख्य मन्त्री डोरमणी पौडेलले दशकौ वर्ष देखि बनेका सरकारले केही काम गर्न नसकेको आरोप लगाउँदै सरकारले वनताको काम गर्न थालेको तीन वर्ष भएको दावी गरे । केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको तीन वर्ष भएको र नेपालमा विकास हुन थालेको पनि तीन वर्ष मात्रै भएको उनले दावी गरे ।

एकिकृत बस्ती माझी समुदायलाई हस्तान्तरण

बाग्मती प्रदेश सरकार र खाँडादेवी गाउँपालिकाको संयुक्त लगानीमा खाँडादेवी गाउँपालिका वडा नं ३ डप्कामा निर्माण भएको एकिकृत बस्ती शनिबार समुदायलाई हस्तान्तरण भएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बस्ती समुदायलाई हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री पौडेलले समुदायलाई हस्तान्तरण गरेको एकिकृत बस्तीको साँचो खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम तामाङले बुझेका छन् ।

प्रदेश सरकारको भूमिसुधार, कृषि तथा सहकारी विकास मन्त्रालयको १ करोड ५० लाख र खाँडादेवी गाउँपालिकाले ७५ लाखको लागतमा निर्माण भएको एकिृत बस्तीमा दुई कोठे ४२ ओटा घर रहेका छन् । २६ रोपनी जग्गामा निर्माण भएको एकिकृत बस्तीले आर्थिक रुपमा पछाडि परेको उक्त क्षेत्रमा बसोबास गर्ने माझी समुदायको आर्थिक उन्नतीलाई थप फाइदा पुग्ने विश्वास गाउँपालिकाले लिएको छ ।

कार्यक्रममा बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल, बाग्मती प्रदेशका भूमिसुधार कृषि तथा सहकारी विकास मन्त्री दावादोर्जे लामा, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, बाग्मती प्रदेशका सांसद प्रदिप कटुवाल, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, नेकपा रामेछापका (ओली समूह) अध्यक्ष आनन्द श्रेष्ठ लगायतले आफ्नो धाराण राखेका थिए ।

आइतबारको प्रहार खबर साप्ताहिकमा प्रकाशित समाचार

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper