Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

‘मलाई सिध्याइदिनु पर्‍यो भन्दै शान्ति पौडेल र कैलाश ढुंगेल केपी ओलीकोमा पुगे’– अध्यक्ष खड्का

संवादाताः हाम्रो प्रहार
माघ १९, २०७७


रामेछाप– नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ ले आफूलाई सिध्याइदिनु पर्‍यो भन्दै बागमती प्रदेशका मन्त्री समेत रहेका कैशास ढुंगेल र बागमती प्रदेशकै अर्का सांसद शान्ति पौडेल धेरैको ढोका चाहर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकोमा पनि पुगेको आरोप लगाएका छन् । संसद विघटन विरुद्ध रामेछापमा नेपाली काँग्रेसका भातृसंगठनहरुले संयुक्त रुपमा आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष खड्काले आफ्नो संलग्नता नै नरहेको घटनामा नेपाल कम्युनिस्ट पार्टीकै मिलेमतोमा प्रहरीकोमा झुटा मुद्दा दर्ता गराएर आफूलाई दिनेश खड्कालाई सिध्याइदिनु पर्‍यो भन्दै रामेछापका दुई सांसद सहित पाँच जना मान्छे केपी शर्मा ओलीकोमा पुगेको आरोप लगाएका हुन् ।

अध्यक्ष खड्काले आफू माथी लगाइएको मुद्दाको विषयमा कुरा राख्दै भने– ‘कम्युनिस्ट पार्टीकै नेताहरुको सेटिङमा सत्ताको दुरुपयोग गरेर प्रहरी प्रशासनलाई समेत प्रभावमा परेर म माथी झुटा मुद्दा लगाईयो । त्यसपछि त्यहि मुद्दामा मलाई सधै भरीका लागि फसाउने नियतले रामेछापका दुई सांसद शान्ति पौडेल र कैलाश ढुंगेलले कुनै प्रक्रियाबाट मिल्छ भने सिध्याइदिनु पर्‍यो नभए पनि चुनाव सम्मका लागि भए पनि थुनिदिनु प¥यो भनेर मंसिर २५ गते केपी ओलीकोमा पुग्नु भएछ । त्यहाँ सहभागी पाँच जना मध्येका एक जनाले मलाई त्यो सूचना दिनु भयो । नेपाली काँग्रेसका युवाहरुलाई गिद्धे नजार लगाउँदै मेरो पछि लाग्ने सबै प्रति मेरो घोर आपत्ती छ ।’

अध्यक्ष खड्काले प्रहरी प्रशासनमा केही काँग्रेसका व्यवसायिकता जोडिएका मान्छेहरुले थोरै समर्थ गर्दैमा त्यसैलाई हौसला सम्झेर प्रहरी प्रशासक पनि अगाडी बढ्नु गलत भएको टिप्पणी गरे । रामेछापमा यस अघिका प्रहरी प्रमुख हुँदा सिंगो नेपाली काँग्रेस त्यो कार्यालयमा नछिरीकन प्रहरी प्रमुखको बिदाई भएको बताउँदै अहिलेका प्रहरी प्रमुखलाई त्यस्तो ब्यवहार नगर्न खड्काले आग्रह गरे । उनले सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई कसैले बन्द कोठामा आएर कुनै व्यक्तिको बारेमा राम्रा वा नराम्रा कुरा लगाउँदा त्यस्तो कुरामा स्वार्थ लुकेको हुने हुँदा त्यस्तो कुरामा गहिरो अध्यायन गरेर मात्रै कारबाही प्रक्रिया अगाडी बढाउन अनुरोध गरे ।

नेपाल तरुण दलका युवालाई कसैले धम्क्याउँछ भने त्यसको पतन अवश्य भएकाले नेपाल तरुण दललाई कसैले डर त्रास देखाउँदैमा पछी नहट्ने अध्यक्ष खड्काको जिकिर रहेको छ । कम्युनिस्ट पार्टीको चरित्रको बारेमा अहिले दुई धारमा देखिएका पूर्व प्रधानमन्त्री समेत रहेका नेताहरुले भनी रहेकाले काँग्रेसले केही भन्नु नपर्ने भएको भन्दै कम्युनिस्ट पार्टीको मूल्यांकन जनताले गर्ने पनि अध्यक्ष खड्काले बताए ।

नेपाल तरुण दलका अध्यक्ष काजी बहादुर खड्काको अध्यक्षता एवं नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि जीतजंग बस्नेत, नेपाली काँगेस रामेछापका सभापति लवश्री न्यौपाने, भातृसंगठनका प्रमुख लगायतले केपी ओलीले संसद विघटन गरेर असंवैधानिक कदम अगाडी बढाएको भन्दै संसद विघटका विरुद्धमा आफ्नो भनाई राखेका थिए । 

३ सय भन्दा बढी मोटरसाईकलमा सवार तरुण युवाहरुले मन्थलीको थापा चोकबाट ¥याली निकालेर मन्थली बजार परिक्रमा गरेका थिए । मन्थलीमा यस अघि निस्केका विभिन्न पार्टीको मोटरसाइकल र्‍याली भन्दा सोमबार नेपाली काँग्रेसका भातृसंगठन सहितका युवाहरुले निकालेको ¥याली सबै भन्दा ठूलो भएको दावी गरिएको छ ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper