Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विविध

प्रधानमन्त्रीको शपथ ग्रहण नै असंवैधानिक थियो– अध्यक्ष बस्नेत

संवादाताः हाम्रो प्रहार
माघ १९, २०७७

रामेछाप– नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण नै असंवैधानि भएको बताएका छन् । रामेछापमा नेपाली काँग्रेसका भातृसंगठनहरुले संयुक्त रुपमा प्रतिनिधिसभा विघनका विरुद्धमा गरेको विरोध सभामा बोल्दै अध्यक्ष बस्नेतले राष्ट्रपतिले संविधानलाई नै मिचेर केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको शपथ ग्रहण गरएको बताएका हुन् । अध्यक्ष बस्नेतले भने– ‘अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिने बेला नै असंवैधानिक तरिकाबाट शपथ लिनुभयो । हाम्रो संविधान अनुसार चुनाव भएपछि राष्ट्रपतिले संसद बैठकको आह्वन गर्नु पर्छ । संसदमा गएर उमेरका हिसाबले सबै भन्दा जेष्ठ सांसदबाट शपथ लिनु पर्दथ्यो । तर त्यो भएन उहाँलाई राष्ट्रपतिले संविधानलाई नै मिचेर शपथ ग्रहण गराउनु भयो । त्यसैले उहाँको शपथ ग्रहण नै असंवैधानिक थियो । हामीले त्यतिबेला नै यो गलत भयो भन्दा केही बुद्धिजीवी भनाउँदाहरुले केपी शर्मा ओलीलाई काम गर्न नदिने हुनु भयो भनेर हामीलाई गुनासो गर्नु हुन्थ्यो । अहिले उहाँहरु नै केपी ओलीले गलत गरेको ठहर गर्दै हिड्न थाल्नु भएको छ । उहाँहरुले पनि बल्ल थाहा पाउनुभयो ।’

अध्यक्ष बस्नेतले पञ्चयाती कोखबाट जन्मेर राण र राजाहरुको जुठो खाएर हुर्केका कम्युनिस्टहरुसँग काँग्रेस कहिल्यै पनि मिल्न नहुने बताए । उनले भने– ‘सडक र सत्तामा भएका कम्युनिस्टको मुख्य विरोधीको रुपमा नेपाली काँग्रेस छ । लोकतन्त्रको पक्षमा रहेको काँग्रेस नै उनिहरुको मुख्य विरोधी हुनु भनेको लोकतन्त्र विरोधी हुनु हो । त्यसैले लोकतन्त्र विरोधी पञ्चयातीका सन्तान कम्युनिस्टहरुसँग काँग्रेस कहिल्यै पनि मिल्न सक्दैन ।’

सत्ताको नेतृत्व गरेर बसेका केपी ओली, सडमा नारा लगाएर हिडेका माधव–प्रचण्ड र पुर्व प्रधानन्यायाधीशहरुले अहिले धम्कीको भाषा बोलीरहेको बताउँदै अध्यक्ष बस्नेतले धम्कीको भाषा प्रयोग नगर्न सबैलाई आग्रह गरे । राजा र राणाहरुको जुठो खाएर बसेका सामान्ती कम्युनिस्टहरुलाई अन्त्य गर्न तयार भएर बस्नु पर्ने दिन आएको अध्यक्ष बस्नेतले बताए ।

केपी शर्मा ओली प्रधानमन्त्री भए देखि नै नेपाली काँग्रेसमाथी आक्रमण भइरहेको स्मरण गराउँदै अध्यक्ष बस्नेतले त्यसपछिका दिनहरुमा सत्ताको आडमा नेपाल तरुण दलका जिल्ला तहका नेताहरुलाई झुटा मुद्दा लगाएर फसाउने काम भइरहेको आरोप लगाए । झुटा मुद्दा लगाउने कम्युनिस्टहरुलाई हिम्मत भए सबै तरुणहरुको नेतृत्व गर्ने अध्यक्ष आफू भएकाले आफूलाई मुद्दा लगाएर देखाउन चुनौती समेत दिए ।

केही समय अघि रामेछाप तरुण दलका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ लाई झुटा मुद्दा लगाएर फसाउने षड्न्त्र भएको भन्दै त्यसमा संलग्न कम्युनिस्ट पार्टी, प्रहरी र प्रशासनलाई अब त्यस्ता घटना दोहोरिए नेपाल तरुण दल चुप लागेर नबस्ने चेतावनी पनि अध्यक्ष बस्नेतले दिए ।

नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रामेछापका सभापति र भातृसंगठनका प्रमुखहरुले आफ्नो धाराण राख्दै केपी ओली र विद्यादेवी भण्डारीले संसद विघटन गरेर अलोकतान्त्रिक कदम चालेको भन्दै प्रधामन्त्री र राष्ट्रपतिको कडा विरोध गरेका थिए ।

कोणसभा कार्यक्रम हुनु पूर्व मन्थलीको थापाचोकबाट करिव ३ सय बढी मोटरसकाइल सहितको र्‍याली निकालेर नेपाली काग्रेसका नेता, भातृसंगठनका नेता तथा कार्यकर्ताले मन्थली बजार परिक्रमा गरेका थिए ।

Related Posts

माघ २७ गतेको रामेछाप बस दुर्घटनामा लिखुतामाकोशी गाउँपालिकाद्वारा संघीय सरकारको ध्यानाकर्षण
विविध

माघ २७ गतेको रामेछाप बस दुर्घटनामा लिखुतामाकोशी गाउँपालिकाद्वारा संघीय सरकारको ध्यानाकर्षण

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १२, २०८२
0

रामेछाप– गएको माघ २७ गते रामेछाप जिल्लामा भएको बस दुर्घटनाप्रति संघीय सरकार संवेदनशील नभएको भन्दै लिखुतामाकोशी गाउँपालिकाले सरकारको ध्यानाकर्षण गराएको...

पुरा पढ्नुहोस्
गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान
विविध

गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान

संवादाताः हाम्रो प्रहार
मंसिर २२, २०८२
0

चर्चित गायिका रिता केसी यस वर्षको ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छिन् । राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्ने यो पुरस्कारसहित उनले ४०...

पुरा पढ्नुहोस्
उमाकुण्ड–१ मा रहेको छेबुक ताल फुटेको आशंका : नुप्छे जलविद्युत आयोजनामा क्षति
विविध

उमाकुण्ड–१ मा रहेको छेबुक ताल फुटेको आशंका : नुप्छे जलविद्युत आयोजनामा क्षति

संवादाताः रामचन्द्र वि.क.
असार २२, २०८२
0

रामेछाप- रामेछाप जिल्लाको उत्तरी क्षेत्र, हिमाली भूगोलमा अवस्थित उमाकुण्ड गाउँपालिका वडा नम्बर १ को ङेजि क्षेत्रस्थित छेबुक ताल फुटेको आशंका...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper